• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मालिकाका चार सय घरधुरीमा विद्युतीकरण

by
२८ जेष्ठ २०८०,
0
विद्युत् विस्तारमा गति लिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी घरधुरीमा विद्युतीकरण भएको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्ज गरेर शनिबारदेखि विद्युत् आपूर्ति गराइएको जानकारी दिएको छ । केन्द्रका प्रमुख प्रशान्तकुमार झाले रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय घरधुरीमा विजुली बलेको जानकारी दिए। यसैगरी मालिकाको वडा नं–३ मा पर्ने औला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका एक सय १५ घरधुरीमा पनि विद्युत् विस्तार गरिएको उनको भनाइ छ ।

‘दुई वटा वडामा विद्युतीकरणका लागि न्यू ढुङ्गाना निर्माण सेवा बेनीले रु एक करोड ६१ लाख १३ हजारमा ठेक्का लिएको थियो’, उनले भने, ‘नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमको एक करोड २६ लाख ६४ हजार र विद्युत् प्राधिकरणको रु २४ लाख ५० हजार बजेट लगानी भएको छ ।’

ठेक्कामार्फत मुख्य, शाखा प्रसारण लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् । मालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले केन्द्रीय लाइनको बिजुली बलेपछि स्थानीयमा खुसियाली छाएको बताए।

‘लघु जलविद्युत् परियोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो’, उनले भने, ‘केन्द्रीय लाइनको बिजुली भएपछि उद्यम, व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्नेछ ।’ शनिबार बिजुली बलेको खुसियालीमा रुमवासीले नाच गान गरेर खुसियाली मनाएका छन् । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी काम काज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको बताए।

बेली, जेमलगायत छुटेका बस्तीमा पनि केन्द्रीय लाइनको विद्युत् विस्तार गर्न पहल गरिएको जनप्रतिनिधिहरूले बताएका छन् । लघु जलविद्युत् परियोजनाको विद्युत् नियमित नहुँदा सौर्य ऊर्जा र टुकीमा निर्भर हुनुपरेको थियो ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्कसहित करिब २२ हजार घरधुरीमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको छ ।

केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले मालिका गाउँपालिका–५ मगरङको चार सय १० घरधुरीमा एक वर्षयता केन्द्रीय लाइनको विद्युत् पुगेको बताउनुभयो । चालु आर्थिक वर्षमा रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

Previous Post

काठमाडौँको सिनामंगलमा गोली चल्यो, १ जना घाइते

Next Post

आज (आइतबार) कतिमा भइरहेको छ सुन र चाँदीको कारोबार ?

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
विदेशबाट कति सुन ल्याउन पाइन्छ ? महिला र पुरुषलाई फरक नियम

आज (आइतबार) कतिमा भइरहेको छ सुन र चाँदीको कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In