• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

by
२७ जेष्ठ २०८०,
0
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।

त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन् । उनका अनुसार नेपालीका लागि रु एक सय र विदेशी नागरिकका लागि रु एक हजार प्रवेश शुल्क तोकिएको छ । “विदेशी पर्यटकबाट टिकट शुल्क घटाउनुपर्ने सुझाव आएको छ, यो विषयमा नेपाल ट्रष्टको केन्द्रीय कार्यालयमा पनि जानकारी गराएका छौँ”, प्रमुख मिजारले भनिन्, “टिकट दर संशोधन गर्ने कुरा भइरहेको छ, माथिबाट निर्णय भएर आउन बाँकी छ ।”

पर्यटन सम्बद्ध निकाय र संस्थाबाट पनि विदेशी पर्यटकका लागि तोकिएको शुल्कलाई केही घटाउनुपर्ने सुझाव आएको उनको भनाइ छ । आन्तरिक पर्यटक भने दैनिक सरदर तीन सय ५० को सङ्ख्यामा रत्न मन्दिर पुगेको तथ्याङ्क उक्त कार्यालयसँग छ । गत शनिबार मात्रै सात सय बढीले रत्न मन्दिर घुमेका थिए ।

सोमबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने गर्छ । टिकट कक्ष भने ४ बजे नै बन्द हुन्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका लागि प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा रु १० हजार शुल्क तोकिएको छ ।

पूर्वराजपरिवारको शीतकालीन दरबारका रूपमा चिनिने रत्नमन्दिर गणतन्त्रको उदयसँगै १५ वर्षदेखि बन्द अवस्थामा थियो । पर्यटकीय गन्तव्यस्थलका विकास गर्ने ध्येयले पहिलोपटक उक्त दरबार सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको हो ।

नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा रत्न मन्दिर बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त दरबार विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्दै आएको थियो । दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला गरिएको छैन ।

दरबारका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन् । एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ । दरबारले चर्चेकोमध्ये २८ रोपनी क्षेत्र मात्र अहिले सर्वसाधारणका लागि खुला गरिएको हो । पोखरा महानगरपालिका–६ फेवा किनारको गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ । रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ मा बनेको थियो । तीन तले दरबारमा ११ कोठा छन् । भुइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत ९एडिसी० बस्ने कोठा र आराम कक्ष छ ।

दोस्रो तलामा पाँच कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्य मात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यो बेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामै युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो । सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा रहेको छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ ।

हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठाहरूमा सजावट र उपहारका सामग्री राखिएको छ । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री जतन गरिएको छ । भित्तामा पूर्वराजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रदेखि पूर्वयुवराज पारसका सन्ततिसम्मका तस्बिरहरू सजाइएको छ । नेपाली कला झल्काउने हस्तकलाका सामग्रीदेखि आकर्षक ‘पेन्टिङ’ हरू दरबारभित्र छन् । दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन् ।

काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स–साना कोठा छन् । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । अहिले रणचण्डी गणले दरबारमा सुरक्षा पहरा दिइरहेको छ । एक सय ७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको छ ।

Previous Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

आजबाट ए डिभिजन लिग सकिदैँ, यस सिजनको बिजेता चर्च ब्वाईज

सम्बन्धित खबर

आवाज

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत्र २०८२,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

१५ चैत्र २०८२,
पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’
आवाज

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

१५ चैत्र २०८२,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
आवाज

जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा

१५ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आवाज

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

१५ चैत्र २०८२,
Load More
Next Post
आजबाट ए डिभिजन लिग सकिदैँ, यस सिजनको बिजेता चर्च ब्वाईज

आजबाट ए डिभिजन लिग सकिदैँ, यस सिजनको बिजेता चर्च ब्वाईज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In