काठमाडौं । नबिलबैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।
उक्त सम्झौताअन्र्तगतनबिल बैंककाग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खानातथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्तगर्न सक्नेछन् ।
ग्राहकबर्गले नबिलबैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथाअन्य डिजिटल माध्यमद्वारा भुक्तानीगर्दा उक्त सुबिधाप्राप्तगर्न सक्नेछन् । हाल सम्मनबिल बैंकले २५५ शाखामार्फत बैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ ।












