• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्याजदरबारे रस्साकस्सी, नेपाल राष्ट्र ब्याङ्क के भन्छ ?

by
१ कार्तिक २०७९,
0
अन्तिम ऋणदाता सुविधाको अवधि १ वर्ष बनाउन प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।कर्जाको ब्याजदर अकासिएको भन्दै असन्तुष्ट रहेका उद्योगी व्यवसायीहरूले आन्दोलन थाल्ने चेतावनी दिइरहँदा केन्द्रीय ब्याङ्कले कुनै नयाँ हस्तक्षेप गर्नसक्ने अवस्थामा आफू नरहेको बताएको छ।

ब्याङ्कहरूको कर्जामा लाग्ने ब्याजदर १५ प्रतिशत भन्दा माथि पुगेको र त्यसले आफूहरूलाई मारमा पारेको भन्दै अघिल्लो हप्ता कर्णालीको सुर्खेतका व्यवसायीहरूले आफ्नो व्यवसाय ठप्प पारेका थिए।

केन्द्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूले ब्याजदरलाई स्थिर राख्न सरकार र राष्ट्र ब्याङ्कका अधिकारीहरू समक्ष माग गर्दै आएका छन्। तर अर्थमन्त्रालयले गठन गरेको एउटा सुझाव समितिले अघिल्लो हप्ता प्रतिवेदन बुझाउँदै मुद्रास्फिति वा महँगी दरलाई ७ प्रतिशतभित्रै राख्ने लक्ष्य उपयुक्त भएको भन्दै प्रतिस्पर्धामा आधारित ब्याजदरका विषयमा हस्तक्षेप गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो।

नेपाल राष्ट्र ब्याङ्क के भन्छ ?
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्ट देशभित्र र बाहिरका परिस्थितिका कारण अर्थतन्त्रले कैयौँ अप्ठेराको सामना खेप्नुपरिरहेको भन्दै अहिले राष्ट्र ब्याङ्क कुनै नयाँ नीतिगत व्यवस्था गर्ने अवस्थामा नरहेको बताउँछन्।

उनले भने, “अहिले वित्तीय स्थायित्व, बाह्य क्षेत्र स्थायित्व, मुद्रास्फीतिको दबाव लगायतका कारणले आर्थिक परिसूचकहरूमा एक किसिमको अप्ठेरो अवस्था देखापरिरहेको छ। यो बेलामा राष्ट्र ब्याङ्कले थप छुट्टै निर्देशन कुनै ल्याएको छैन र ल्याउने अवस्था पनि देखिँदैन।”

उनले आफूहरूले तय गर्ने आधार दर परिवर्तन हुँदा ब्याङ्कहरूको ब्याजदर परिवर्तन हुने उल्लेख गर्दै ‘त्यस्तो अवस्थामा प्रिमियम भने परिवर्तन गर्न नपाइने’ निर्देशन दिइएको बताए।

पछिल्लो समयमा ब्याङ्कहरूले निक्षेपकर्तालाई दिने ब्याजमा वृद्धि भएसँगै कर्जामा ऋणीले तिर्नुपर्ने ब्याज पनि बढिरहेको छ।

तर त्यसरी बढिरहेको ब्याजदरले आफूहरूलाई व्यवसायबाट नै विस्थापित गराउनसक्ने जोखिम रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अधिकारीहरूले बताएका छन्।

ब्याजदरका कारण ‘निरिह’
“नेपाल राष्ट्र ब्याङ्कले अरू ब्याङ्क र व्यवसायीहरू दुवैलाई बाँच्न नदिने नीति लिएको छ। देशभरकै हामी व्यवसायीहरूले ब्याजमा स्थिरता चाहियो भनेर हामी आन्दोलित भइरहेको अवस्था छ,” नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले भने।

उनले कर्जामा बढेको ब्याजले व्यवसायको लागत बढेको र ब्याजदर बढ्दा देखिएको अनिश्चयले व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको बताए।

उनले थपे, “अहिले नै हामी ५० प्रतिशतमात्रै उत्पादन क्षमतामा चलिरहेको अवस्थामा छौँ। कच्चा पदार्थको मूल्य बढिरहेको छ, सञ्चालन पुँजी बढिरहेको छ तर यहाँ पैसा नै छैन। र ब्याङ्कहरूले आतङ्कै जस्तो फैलाएर दिएको ऋण फिर्ता ल्याऊ भनिरहेको छ जसले गर्दा व्यवसायीहरू निरीह भएर कराइरहेको अवस्था छ।”

उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष श्रेष्ठले ब्याजदर वृद्धि र कर्जामा कडाइले अर्थतन्त्र नउकासिने र आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने धारणा राखे।

सुर्खेतमा ब्याङ्क तथा वित्तीय संस्थाहरूको ब्याजदर विरुद्ध आन्दोलनरत उद्योग वाणिज्य महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण कँडेलले आफूहरूले एक अङ्कको ब्याजदर कायम गरिनुपर्ने माग राखिरहेको बताए।

उनले बीबीसीसँग भने, “ब्याजदर एकल अङ्कमा हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो। अहिले ब्याङ्कहरूले ऋण प्रवाह गर्न रोकिरहेका छन् त्यो पनि तुरुन्तै खुला गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ।”

शुक्रवार जिल्ला बन्द गरेको सुर्खेत उद्योग वाणिज्य महासङ्घले आइतबार जिल्लामा रहेका २७ वटा ब्याङ्कहरूमा विरोधपत्र बुझाएको थियो।

ब्याजदर के भयो भने घट्नसक्छ ?
नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट यथास्थितिमा ब्याजदरले नयाँ लय समात्ने सम्भावना आफूले नदेखेको बताउँछन्। ऋण दिने स्रोत अहिले ब्याङ्कहरूसँग न्यून भएको अवस्था रहेको भन्दै उनले एक वर्षयता ‘हरेक दिन जस्तो ब्याङ्क’ हरूलाई तीन खर्ब रुपियाँ ऋण दिइरहेको बताए।

उनले भने, “तरलताको चक्रका कारण पनि अहिले ब्याजदरमा दबाव देखिएको हो। भोलि तरलतामा केही सुधार भयो, अन्तर्राष्ट्रिय परिस्थितिमा केही सुधार भयो, रेमिट्यान्समा वृद्धि भयो र आयातमा सुधार गर्न जुन हामीले खोजिरहेका छौँ त्यसले परिणाम दियो भने ब्याजदर फेरी घट्न थाल्छ।”

आर्थिक परिसूचकहरूमा देखा परेको दबाबका कारण संसारभरका ब्याङ्कहरूले हाल कसिलो मौद्रिक नीति अँगालेको उल्लेख गर्दै उनले ब्याङ्कको ब्याजदर घट्न सक्ने अवस्था नदेखिएको बताए।

Previous Post

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

Next Post

अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु

सम्बन्धित खबर

आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
आवाज

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

८ असार २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
Load More
Next Post
खोटाङमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In