काठमाडौं । उडिरहेको जहाजभित्र चुरोट सेवन गर्ने एक जना पक्राउ परेका छन्। दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेवित्तिकै पुरीलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो।
पुरीले उडिरहेको जहाजको ट्वाइलेटमा चुरोट सेवन गरेका थिए। चुरोट सेवन गरेको पाइएपछि पाइलटले काठमाडौंमा रहेको एयर ट्राफिक कन्ट्रोल ९एटिसी०लाई खबर गरेका थिए। एटिसीले लगत्तै विमानस्थल प्रहरीलाई खबर गरेको थियो।
प्रहरीले विमान अवतरण नहुँदै नियन्त्रका लागि तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













