• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराका आमा मादल बजाउन सिँक्दै

by
२४ जेष्ठ २०८०,
0
पोखराका आमा मादल बजाउन सिँक्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘आज मादल बजेको किन ?
गाउँ घर दुनियाँ ब्युँझाउन…’
जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ अब पोखरा–९ का आमाहरुले छोराको बिहेमा रत्यौली र तिहारमा देउसी खेल्दा आफै मादल बजाउन सक्ने भएका छन् ।

पोखरा वडा नं ९ को कार्यालयले यहाँका २५ महिला समुहका ६५ जना महिलालाई १० दिने मादल बजाउने तालीम प्रदान गरेपछि वडाका आमाहरु मादल बजाउन सक्ने भएका हुन् । तालीम लिएसँगै पोखरा–९ निवासी टीकाकुमारी पोखरेलले भन्नुभयो– ‘छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीवहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो ।’

नेपाली लोक धुन र परम्परागत बाजा भएकोले मादलको प्रयोग समाजमा वढी हुने गर्छ । अर्कोतर्फ तिहारलाई विशेषगरी बत्ती र संगीतको चाड मानिन्छ । तिहारमा प्रत्येकको घर बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी–भैलो खेल्ने चलन पनि छ । रत्यौली र तिहारमा मात्र मात्र नभई पूजा–आजा, वर्तबन्ध जस्ता चार्डपर्वमा पनि मादल बजाउने चलन छ ।

पोखरा–९ शान्ति वन आमा समुहकी सदस्य ५१ वर्षीया मञ्जु गुरुङले भन्नुभयो– ‘तालीम लिनु अगाडि पनि मादल बजाउने गथ्यौं, यस अघि ताल बिना नै बजाइएका रहेछौ, तालीम लिएपछि कुन गीतमा कुन ताल दिने हो थाहा भयो । ’

पोखरा–९ चण्डीका आमा समुहकी रचना खवासले दश दिने तालीममा सिकेका कुरा अब व्यवहारमा पनि लागु गछौं, झ्याउरे, रत्यौती, तिजगित, भजन , देउसी भैँलोमा मादल बजाउन सक्षम भएका छौ, अब मादल बजाउन आमा समूहका सदस्य सक्षम भएका छन् ।’

वडा महिला सञ्जालका अध्यक्ष भावना श्रेष्ठले नेपारी संस्कृतिमा मादलको प्रयोग धेरै हुने भएकाले तालीम फलदायी भएको बताउनुभयो । तालीमसँगै उनीहरुले मादलको धुनसँगै नाचगान समेत गरेका थिए । सबैलाई रमाइलो आनन्दित बनाउने र सांगीतिक माहोल बनाउने मादल प्रत्नयेक समुहलाई एकएक वटा वितरण गरिएको छ ।

ग्राहकले खरी भएको मादललाई सबैभन्दा राम्रो मान्ने गर्छन् । मादलको मूल्य १५ सयदेखि १४ हजार रुपैयाँ सम्म पर्ने गर्छ । उक्त तालीमको प्रशिक्षक प्रदीपराज पल रहनुभएको थियो । पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ मादलको प्रयोग वढी हुने गरेको भनाई पलको छ ।

पोखराका पसलमा राखिने अधिकांश मादलहरू धादिङ, गोर्खा, तनहुँ, पाल्पा तथा पोखराका केही स्थानमा तयार गरिएको बताइएको छ । तिहारको समयमा मादल वढी बिक्री हुने गरेको पाइन्छ । मादलमा बनाइएको बुट्टा अनुसार मूल्यमा फरक पर्छ । मादललाई नेपालीहरूको मौलिक बाजा मानिदैँ आइएको छ ।

तालीममा सहभागी २५ वटै आमा समुहलाई एक एक वटा मादल प्रदान गर्दै पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भन्नुभयो–‘मादल हराउनु भनेको आफ्नो मौलिक बाजागाजा हराउनु हो,’ मादल बनाउने वादी समुदायको पुर्ख्यौली पेशा अहिले लोप हुने अवस्थामा पुगेको भनाई उहाँको छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन्, उहाँले भन्नुभयो ।
विद्युतीय बाजा ड्रम सेटको प्रयोग बढ्न थालेपछि नेपाली लोक बाजाका रुपमा ख्याति पाएको मादल बजाउनेको अभाव भएको देखेर न्रै यस्तो तलीम आयोजना गरिएको र नयाँ पुस्तालाई पनि यसप्रति आकर्षण गर्ने लक्ष्य वडाको रहेको भनाई उहाँको छ ।

मानिस जंगलमै बस्ने बेलादेखि मादल बजाउन सुरु गरेको भनिए पनि यसको इतिहास अहिलेसम्म पाइएको छैन । नेवार समुदायले मादललाई ‘मगः खीं’ अर्थात् मगरको मादल भन्ने गर्छन् । योगा गुरु थमुन श्रेष्ठले भन्न्ुभयो । मादलका धेरै धुन भएपनि विशेषत झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउने गरेको जानकारी प्रशिक्षक पलले दिनुभयो ।

पूर्वतिर किराँत समुदायले हुर्रा नाचमा बजाउने मादल ठूलो हुन्छ । मारुनी नाचमा बजाइने मृदंगजस्तो हुन्छ । पश्चिम क्षेत्रमा थारु समुदायले बजाउने फरक शैलीको हुन्छ । दाङ, कैलाली लगायतका जिल्लामा नाच्दै थारु समुदायले मादल बजाउँछन् । रोल्पा, रुकुममा फरक किसिमको मादल बजाइन्छ पलले भन्नुभयो ।कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतमा घाटु, नचहरी, कृष्ण चरित्र, मध्यपश्चिम तथा पूर्वाञ्चलमा मारुनी र हुर्रा नाचका गीतमा ठूलो मादल बजाइन्छ पलले भन्नुभयो । मादलको तालले नचाच्ने मान्छेलाई पनि नाचुँ नाचुँ बनाइदिन्छ । यसको तालले गीत संगीतलाई जीवन्त राख्छ । मादल विनाको संगीतमा नेपालीपन महसुस हुँदैन, उहाँले भन्नुभयो ।

Previous Post

हाइपरसोनिक ब्यालेस्टिक मिसाइल निर्माण गरेको इरानको दाबी

Next Post

सेनाको नेतृत्वमा युनिलिभर सँगको सहकार्यमा ३५ हजार किलो बढी सगरमाथाको फोहोर संकलन

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
सेनाको नेतृत्वमा युनिलिभर सँगको सहकार्यमा ३५ हजार किलो बढी सगरमाथाको फोहोर संकलन

सेनाको नेतृत्वमा युनिलिभर सँगको सहकार्यमा ३५ हजार किलो बढी सगरमाथाको फोहोर संकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In