• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संरक्षित साना स्तनधारी जनावर सालक सङ्कटमा

by
२४ जेष्ठ २०८०,
0
संरक्षित साना स्तनधारी जनावर सालक सङ्कटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित साना स्तनधारी जनावरमा सूचीकृत छ सालक ।

सालक मात्र एउटा यस्तो जनावर हो, बागमती प्रदेशका १३ जिल्लामै पाइन्छ । हिमाली भेगको रसुवादेखि भित्री मधेसको मकवानपुरसम्म र दोलखादेखि धादिङसम्म सालक पाइन्छ ।

सालकलाई बागमतीको ‘गौरव जनावर’ घोषणाको अभियान चलाउन सके सङ्कटमा रहेको सालक संरक्षण हुन सक्ने र वातावरण संरक्षणसँगै किसानलाई अरू लाभ पुग्ने वन संरक्षणकर्मीहरुको भनाइ छ । गैँडा, बाघ चितवनमा मात्र पाइन्छ । दुर्लभ ‘रेड पान्डा’ रसुवा र केही हिमाली जिल्लाका भेगमा मात्र पाइन्छ तर सालक बागमतीका सबै जिल्लामा पाइन्छ ।

सालक एक प्रकृतिप्रेमी प्राणी पनि हो । सालक वातावरणमैत्री जनावर हुनाका नाताले किसानको साथी त हुँदै हो, मानव समुदाय, अन्नबाली, अन्य घरपालुवा जनावर कसैलाई हानि नगर्ने र धमिरा तथा कमिला मात्र आहारा बनाउने सालक संरक्षण अभियान चलाउन जरुरी छ ।

बागमती प्रदेशको वन मन्त्रालयले प्रदेशका सबै जिल्लामा सालक संरक्षणलाई केही रकम विनियोजन गर्न थालेको छ र सालक संरक्षण अभियान पनि सुरु हुँदैछ ।

सालक संरक्षण अभियान चलाउने समय भइसकेकामा वनकर्मी, संरक्षणकर्मीहरु पनि सहमत देखिएका छन् ।

यसलाई अति लजालु, संवेदनशील एवम् शान्त वातावरणमा बस्न रुचाउने, मानवलाई हानि नगर्ने र इकोसिस्टमलाई चुस्त बनाउने जीव मानिन्छ । प्रदेश सरकारले ‘गौरवको जनावर’ घोषणा गर्न सके कम्तीमा एउटा संरक्षित जनावर प्रदेश सरकारले अपनत्व लिइदिँदा देशभर संरक्षण क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने र सालक संरक्षण अभियानले गति लिन सक्ने देखिन्छ ।

पहिलोपटक देख्नेले सानो न्याउरी मुसा जस्तो पनि मान्न सक्छन् । स्तनधारी जीव सालकको शरीरमा बाक्लो र कडा कत्ला ९खबटा० हुन्छ । उसो त यो सानो डाइनोसोर जस्तो पनि देखिन्छ ।

सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकेको हुन्छ । सालक पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिनसक्ने क्षमताको हुन्छ । रङ्ग माटोजस्तै देखिन्छ । आहाराको खोजीमा रातिमात्र निस्कने सालक कतैबाट आक्रमण वा खतरा महसुस गरे पनि नभागी बस्छ ।

यस्तो बेला भकुन्डो आकारमा थुतुनो केन्द्रमा पारेर डल्लो परेर बस्छ । खतरा महसुस नभए डल्लो परेको सालक आफ्नो ज्यान साबिकको आकारमा ल्याउँछ र गन्तव्यमा हिँड्छ ।

संसारमा आठ प्रकारका सालक पाइने गरेको अनुसन्धानले देखाएका छन् । नेपालमा भने दुई प्रकारका सालकमात्र पाइन्छन् ।

नेपालमा कालो खबटा भएको ‘चिनियाँ प्याङ्गोलियन’ र फुस्रो खबटा भएको ‘भारतीय प्याङ्गोलियन’ अस्तित्वमा छन् । चिनियाँ प्याङ्गोलियन चाहिँँ विश्वमै अति सङ्कटापन्न सूचीको प्राणी हो ।

नेपालमा अस्तित्वमा रहेको स्तनधारीमध्ये एउटै मात्र अन्तरराष्ट्रियरूपमै अति सङ्कटापन्न वन्यजन्तु सालक हो । सालक नेपालका सामुदायिक वनभित्र भेटिने गरेका छन् ।

जमिनमुनि रहने सालक आफैँ खन्दै हिँडिरहन्छ । सालकलाई घमाइलो वातावरण चाहिन्छ । जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइको जङ्गलमा सालक पाइने गरेको छ । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ ।

चिनियाँ प्याङ्गोलियन भक्तपुर, बागलुङ, चितवन, धादिङ, धनकुटालगायत २३ जिल्लामा पाइन्छ । इन्डियन प्याङ्गोलियन कञ्चनपुर, बारा, पर्सा, सुर्खेतलगायत सात जिल्ला पाइन्छ ।

डडेल्धुरा, सल्यान, म्याग्दी, कास्की, नुवाकोट, सिरहा, मोरङलगायत १४ जिल्लामा दुवै प्रजातिका सालक पाइएको छ ।

चीन र भियतनाममा औषधि बनाउन र मासु उत्पादनका लागि सालकको माग बढी छ । त्यहाँका धेरैजसो रेस्टुरेन्टमा सालकको मासु घरानियाँ र प्रतिष्ठित परिवारको परिकारमा गनिन्छ ।

सालकको खबटा बुलेट–प्रुफ ज्याकेट तथा गुणस्तरीय टाँक बनाउन प्रयोग हुने गरेको छ । महँगा सौन्दर्यका सामग्री बनाउन पनि खबटा प्रयोगमा आउँछ । त्यसलै सालकको तस्करी बढेको हो ।

नेपालमा भने सालकको मासु खाए दीर्घरोग निको हुने विश्वास छ । सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्ने अन्धविश्वास छ ।

तर सालक महँगोमा बिक्री हुन्छ भनेर चर्चा गरिएको छ र यसको मारकाट र तस्करी बढेको हुन सक्छ । चोरी र अवैध सिकारले सालक नोक्सान भइरहँदा संरक्षण अभियान चलाउनु जरुरी ठानिएको हो । हरेक दिन तीन सय सालक मारिने अनुमान गरिएको छ । एउटा सालकको खबटा बेच्दा कम्तीमा रु पाँच हजार सजिलै पाइने भएकाले वन क्षेत्र आसपासमा बस्नेबाटै सालक मारिने क्रम बढ्दो छ । बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, दोलखामा चाहिँ सालक मार्ने क्रम बढ्दो छ ।

मारिएका केही सालक चिनियाँ नाका तातोपानीसम्म पुर्याएर तस्करी भइरहेको पाइएको छ । बेलाबखत प्रहरीले सालकसहित केहीलाई पक्राउ पनि गरेको पाइएको छ । खासमा चीनमा सालकको माग बढेसँगै त्यहाँ सालक मार्ने क्रम बढ्दो रहेको पाइएको छ । त्यसैको सिको गरेर काभ्रेमा पनि सालक मार्ने क्रम बढेको पाइएको हो ।

सालकले खेतीबाली र उत्पादनमा नोक्सान गर्ने जीवलाई मात्रै आहारा बनाउँछ । वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा सात करोडसम्म कमिला र धमिरा खान सक्ने अनुसन्धानले देखाएको छ । सालकले खाइदिएकाले नै किरा र कमिला नियन्त्रण भएर बालीनाली फस्टाउन सकेको हो । जमिन खोस्रेर उर्वरा बनाउने काम पनि सालक नै गर्छ ।

त्यसैले सालक किसानको साथी हो, शत्रु होइन भन्ने धारणाको विकास गराउन जरुरी छ । सालक तस्करीमा संलग्नलाई नेपालमा कारबाही गर्ने कानुन छ । सालक मार्ने र व्यापार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना व्यवस्था छ । यस्तै, पाँच देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि ९साइटिस० २०१७ अनुसार रु १० लाखसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय वा दुवै हुनसक्नेछ ।

विश्वभर सालकको तस्करी बढेपछि साइटिस अभिसन्धिले अतिसङ्कटापन्न वन्यजन्तुको अनुसूची २ बाट १ मा राखेको छ ।

संसारमै सङ्कट खेपिरहेको सालक संरक्षणका लागि केही प्रयास नभएका होइनन् । सालकका प्रजाति संरक्षण, जनचेतनाका लागि हरेक अङ्ग्रेजी महिना फ्रेबुअरीको तेस्रो शनिबार हामी ‘सालक दिवस’ मनाउने गर्दछौँ । फागुनको पहिलो साता यो दिवस पर्दछ । दिवस मनाउने क्रममा सालक संरक्षणबारे बहस, छलफल हुने गरेका छन् ।

यद्यपि यसलाई जनसहभागितात्मक बनाउन सकिएको छैन । सामुदायिक वन समूहसँग छलफल गरेर यसलाई अघि बढाउन जरुरी देखिएको छ ।

सालकको महत्व पहिचान, संरक्षणमा केही प्रयास पनि भएका छन् । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना गरिएको ‘दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता’मा बनेको मस्कटमा सालक समेटिएको छ । सालक संरक्षणका लागि मूलतः दुईवटा कार्य हुनुपर्ने बताए ।

एउटा, बागमती प्रदेशले प्रदेश गौरव जनावरमा सालकलाई तोक्न सकिन्छ भने प्रदेश सरकारको नीति तथा कार्यक्रममै सालक संरक्षण अभियानलाई बजेट छुट्याएर १३ जिल्लाका सामुदायिक वन तहसम्म संरक्षण अभियान सञ्चालन गर्न सकिन्छ ।

Previous Post

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

Next Post

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In