मान्छे भोकमरीले ग्रसित हुँदा के के सम्म गर्न सक्दो रहेछ ! सिंहको आहारा बन्ने मान्छे उल्टै उसको शिकार खोसेर खान्छन् ।
अफ्रिकी मुलुक क्यामरुनका भोकमरीले ग्रस्त गाउँलेहरु यति साहसी हुन्छन् कि सिंहको हातबाट सिकार खोसेर खाने गर्छन् । उनीहरु जंगलमा सिंहले कठिन परिश्रमले शिकार मारेको कुरिरहन्छन् । जब सिंह सिकार गर्न सफल हुन्छ, तब उनीहरु हातमा आगो र लठ्ठी लिएर सिंहलाई धपाउँछन् । यसरी सिंहलाई लेखेटेर उसको मुखैको शिकार खोसेर आफूले खाने गर्छन् । विचरा सिंहहरु !
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












