• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि पेसामा रमाइरहेका भोजपुरे युवा

by
२३ जेष्ठ २०८०,
0
कृषि पेसामा रमाइरहेका भोजपुरे युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कृषि पेसामा युवा कमै भेटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ। तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन्। विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन्।

करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाएका छन्। हालसम्म व्यावसायिक गाईपालनका लागि १५ लाख बढी लगानी गरिसकेको उनको भनाइ छ। पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आएका छन्। दाँवाली कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषिमा लागेका उनले समाजको एक उदाहरणीय पात्रसमेत छन्। विगतमा आफ्नो फार्ममा उत्पादन भएको दूध बजारका दुग्ध उद्योगमा बेच्दै आउनु उनले अहिले आफैँ उद्योग सञ्चालन गरेर स्वरोजगारसमेत बनेका छन्। विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने कृषक विष्टको भनाइ छ।

ुसानैबाट कहिले पनि विदेशप्रतिको मोह आएनु, उनले भने, ुआफैँ उद्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत पाँच वर्षबाट कृषिमा लागेको हुँ। सुरुआती चरणमा धेरै दुःख पाएँ। उत्पादन भएको दूधले उचित मूल्य नपाउँदा धेरै समस्या थियो। तर अहिले आफैँले दुग्ध डेरी सञ्चालन गरेको छु। यहीँ मेहनत गरे आम्दानी गर्न सकिन्छ।ु

उनी उठेदेखि साँझसम्मको समय कृषिमा लगाउँछन् गाउँघरका किसानलाईसमेत पशुपालनमा लाग्नका लागि प्रोत्साहन थप्दै आएका छन्। कृषक विष्टले घरसम्म पुगेर दूध खरिद गर्न थालेपछि पशुपालनमा लाग्न हौसला मिलेको स्थानीय पशुपालक किसानले बताउने गरेका छन्। सानै उमेरमा व्यवसायमा लागेका विष्ट बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्छन्। हिउँदको समयमा दूध सङ्कलनमा सहज रहे पनि वर्षात्मा कच्ची बाटो हिलाम्य बन्दा समस्या हुने गरेको उनको भनाइ छ।

कृषक विष्टले आफ्नो फार्मबाट उत्पादन भएको दूधसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर किसानको घरबाट सङ्कलन गरेर दूध ल्याउने गरेका छन्। उनले अहिले भोजपुर बजारमा दुर्गा दुग्ध डेरी उद्योग सञ्चालन गरेर बजारको दूधको मागलाई धान्दै आएका छन्।

ुव्यवसाय सञ्चालनका क्रममा धेरै समस्या झेलेँु, कृषक विष्टले भने, ुजो मानिस समस्याको सामना गर्नसक्छ त्यो सफल बन्ने रहेछ। मैले धेरै सङ्घर्ष गरेको छु। आफ्नो फार्ममा उत्पादन भएको दूधले बजारको माग पूरा गर्न कठिन भएपछि किसानको घरमा पुगेर दूध सङ्कलन गर्छु। ती किसानलाई पनि केही राहत पुगेको छ। मेहनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या छैन।ु

सिजनमा आफ्नो फार्मबाट दैनिक ६० देखि ८० लिटर र अन्य किसानबाट सङ्कलन भएको गरी दैनिक एक सय ८० देखि दुई सय लिटरसम्म दूध बिक्री गरिरहेको उनको भनाइ छ। दुग्धजन्य परिकार बनाउने उपकरण नहुँदा समस्या रहेको किसान विष्टले बताए। दूधलाई चिस्याउनका लागि आवश्यकपर्ने उपकरण नहुँदा गर्मीको समयमा बढीमात्रामा दूध फाट्ने सम्भावना हुने उनको भनाइ छ।

राज्यकोतर्फबाट दुग्धजन्य परिकार बनाउने उपकरणमा सहयोग पाए सहज हुने उनले बताए। ुबढीमात्रामा दूध सङ्कलन गरेर भण्डारण गर्न समस्या छु, उनले भने, ुत्यस्ता खालका उपकरण खरिदमा निकै ठूलो लगानी लाग्ने रहेछ। यस्ता कुरामा राज्यले सहयोग गरे धेरै किसानलाई सहज हुने थियो।ु

व्यवसायी विष्टले दाँवा, तल्लो बोखिम, माथिल्लो बोखिम, टक्सार, धापखर्क, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारीभञ्ज्याङलगायत ठाउँका एक सय ५० बढी कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन्। विगतमा घरयासी प्रयोजनमा मात्र खपत गर्दै आएको दूध बिक्री गर्न पाउँदा खुसी लागेको माथिल्लो बोखिमका कृषक भोजराज घिमिरेले बताए। आफ्नै ठाउँमा दूध बिक्री भएपछि सहज भएको उनको भनाइ छ।

ुहामीलाई दूधको बजारीकरणमा सहजता थपिएको छु, कृषक घिमिरेले भने, ुबजार टाढा भएकाले विगतमा धेरै किसानले दूध बिक्री गर्दैन थिए। उनीहरुले घरयासी प्रयोग मात्र गर्दै आएका थिए। गाउँमा नै दूध सङ्कलन केन्द्र हुँदा सहज छ। अहिले दूध बिक्रीबाट आएको पैसाले घर खर्च टार्न सकेका छौँ।ु

Previous Post

केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द

Next Post

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In