• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिमाली पदयात्रामा महिला सहभागिता वृद्धि

by
३१ अशोज २०७९,
0
हिमाली पदयात्रामा महिला सहभागिता वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ ।

कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आगमन भएपश्चात् वृद्धिको आभास हुनथालेको हो । कोरोनाले धरासायी बनेका हिमाली क्षेत्रका होटल तथा लज चलायमान हुन थालेको र आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट पर्यटन व्यवसायीले छिटोछरितो सेवा दिन थालेका छन् ।

पदयात्राको क्रममा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकको रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जको अध्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असोज ३० गतेसम्म आन्तरिक एवं बाह्यरूपले आवागमन भएका १३ हजार ८४ पर्यटकमध्ये दुई हजार आठ सय छयालीस जना महिला रहेको निकुञ्जले जनाएको छ ।

भ्रमण गर्ने ती महिलामा दुई हजार दुई सय ९७ जना स्वदेशी र पाँच सय ४९ विदेशी रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अत्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारी परिचालन गर्ने व्यवस्थाले पाहुनाको सङ्ख्या यकिन गर्न सहज भएको हो ।

हिमाली पदयात्राको लागि सुन्दरीजलबाट आउने हेलम्बुतर्फ एउटा र धुञ्चे, चन्दनबारीतर्फको अर्को यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपार्टीबाट ठूलोस्याफ्रु हुँदै लाङटाङ्को क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन यही आर्थिक वर्षको साउनदेखि यही असोज २९ गतेसम्म ११ हजार सात सय ५८ नेपाली र एक हजार तीन सय २६ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरेका थिए ।

आगमन भएका विदेशी पर्यटकमा सार्क राष्ट्रका ६७ जना र अमेरिका, जर्मन, जापान, कोरिया, अष्ट्रेलियासमेत विभिन्न देशका एक हजार दुई सय ५९ जना पर्यटकले भ्रमण गरेको निकुञ्जका वन प्राविधिक सिंहले जानकारी दिनुभयो । प्रतिव्यक्ति नेपालीका लागि रु एक सय, सार्क राष्ट्रका नागरिकको लागि रु एक हजार पाँच सय र अन्य देशका नागरिकको हकमा रु तीन हजार शुल्क लिने कानुनी प्रावधानअनुरूप चालु आवको दुई महिना २९ दिनको अन्तरालमा प्रवेश शुल्कबापत रु पचास लाखभन्दा बढी राजस्व असुली भएको छ ।

आगन्तु पाउनालाई सफा मौसमको शरदऋतुमा देखिने हरियाली नागबेली परेका हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली ओराली भञ्ज्याङ चौतारी, कुण्ड, ताल, चट्टान, पहाड, छ्याङ्ग छ्याङ्य गरेर झर्ने ठाडो खोल्छा, स्थानीय परिकारको अर्गानिक खाना, लोकल वेषभूषा, स्थानीय तामाङ सांस्कृतिकको नाचले मनमोहक बनाउने गरेको पर्यटकको भनाइ पाइन्छ ।

पर्यटकको सेवाका लागि धुञ्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङटाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटल सञ्चालनमा रहेकोले आगन्तु पाउनालाई खानबस्न कुनै समस्या नपर्ने बताउँदै पर्यटकीय होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल निसान ले निर्धक्क साथ यात्रा गर्न सम्पूर्ण पाउनालाई अनुरोध गरे ।

गोसाइँकुण्ड तथा लाङटाङ्क साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गतलाङ, चिलिमे, नाकथली, थुमन तथा वृद्विम होस्ट्रेसम्मको यात्रासमेत रोमञ्चकारी बन्दै गएको र गतलाङ क्षेत्रमा पुग्ने पाउनालाई स्थानीय कला संस्कृतिको साथै नेपाल तिब्बत युद्धको समयमा पुर्खाले गरेका युद्वको झलकसमेत देखाइने गरेकोले होमस्ट्रेमा बासबस्ने पर्यटकको पहिलो रोजाइ गतलाङ हुने गरेको पर्यटन व्यवसायी फुर्पु तामाङले बताए ।

गतलाङ क्षेत्रमा हिमालयकी पुत्री पार्वती माता विराजमान रहनुभएको पवित्र कुण्ड, तामाङ समुदायको झुरूप्पको बस्ती, अर्गानिक चिजको भोजन, स्याव्रु, जरायो, घोडा नाचजस्ता प्रहशनले पर्यटकको बसाई गतलाङतर्फ रोञ्चकारी बन्दै गएको हो । खानाको रूपमा मकैको ढिडो, खाजाको लागि करुपिठोको रोटी तरकारीका लागि सिमी, आलु, रायो साग, मुला, काउलीजस्ता स्थानीयस्तरमै उत्पादित चीजको भोजन गराउने गरेको गतलाङका उनको भनाइ थियो ।

स्याफ्रुबेँसीदेखि कोमिन बहुङडाँडा, गोल्जुङ ७४ किमी हुँदै पैदलमार्गबाट चार घण्टा र मोटरबाट यात्रा गर्दा एक घण्टामै गतलाङ पुग्न सकिने बताइएको छ । रसुवा जिल्लाको भ्रमणमा आउने सबै पाउनाको लागि विशेष सुरक्षा व्यवस्थाअन्तर्गत पर्यटन प्रहरीसमेत स्याफ्रुबेँसीमा तैनाथ रहेकाले यात्रा गर्दा सुरक्षाको आवश्यक भएका जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१०५४०१९९ वा १०० मा खबर गरिदिनुहुन अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले बताए ।

Previous Post

कुमाले पेसा जोगाउने ‘दीपा’ को प्रयास

Next Post

भारतीय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारबाट मुक्त हुँदै

सम्बन्धित खबर

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
Load More
Next Post
भारतीय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारबाट मुक्त हुँदै

भारतीय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारबाट मुक्त हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In