पोखरा । काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार पोखराको सभागृह हल खचाखच थियो । गण्डकी प्रदेशभरिबाट काँग्रेस नेता तथा कार्यकर्ता पार्टीमा रुपान्तरण हुन पर्छ भन्ने चिन्ता मनभित्र बोकेर त्यहाँ पुगेका थिए ।
पछिल्लो समय पार्टी नेतृत्वबाट भएका गल्ती कमजोरीलाई सच्याउँदै पार्टी अगाडि वढ्नु पर्ने भनाईहरु विभिन्न जिल्लाबाट उपस्थित प्रतिनिधिहरुले प्रस्तुत गरिरहेका थिए । नेपाली काँगेस रुपान्तरण अभियान अन्तरगत गण्डकीस्तरीय विचार र अन्तरक्रिया कार्यक्रममा सहभागी नेताले पार्टीलाई नयाँ ढंगबाट अगाडि वढाउन सुझाव दिनुभएको छ ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाली काँग्र्रेस रुपान्तरित हुन जरुरी भएको बताउँदै यही अवस्थामा काँग्रेस रहिरहे काँग्रेसको भविष्य समाप्त हुने भनाई उहाँको छ । काँग्रेस सुधारर्नका लागि देशभरका सम्पूर्ण कार्यकर्ता सबिmय भएर लाग्नु आवश्यक भएको भनाई राख्दै उहाँले पार्टीको विधानलाई कार्यान्वयन गर्ने काममा तल्लो तहबाँट नै आवाजहरु उठ्नु पर्ने भनाई उहाँको छ ।
‘केन्द्रीय समितिको बैठक नबसेको १० महिना वितिसक्यौ, उपनिर्वाचनमा पार्टीले पराजय भोग्यो, तर त्यसको समीक्षा गर्नका लागि पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक डाकिँदैन, उहाँले भन्नुभयो–दोस्रो तहका नेताले पार्टीलाई सुधार गर्नका लागि प्रयत्नहरु गरे तर उनीहरु सफल हुन सकेनन्, अब पार्टी बलियो बनाउने जिम्मा तलका कार्यकर्ताबाट नै थालनी गर्नुपर्छ ।’
अर्का नेता गुरु घिमिरेले पार्टी भित्रको कमजोरी र खराबीलाई हटाएर अगाडि वढ्न जरुरी भएको बताउँदै पार्टीको नीति र रणनीति नबदल्ने हो भने काँग्रेस अगाडि वढ्न नसक्ने सुझाव दिनुभयो । साथै उहाँल जनताको भावना अनुसार नै पार्टी चल्नु पर्ने धारणा उहाँको छ ।
नेपाली काँग्रेसका नेता एंव पूर्व मन्त्री यज्ञबहादुर थापाले नक्कली भुटानी शरणर्थी काण्डले काँग्रेस भन्नु पनि लाज मान्नुपरेको बताउनुभयो । काँग्रेस नेता देवराज चालिसेले काँग्रेस वीपी कोइरालाले सिकाएको बाटोलाई पन्छाएर सत्ताकेन्द्रित राजनीतिमा लागेको आरोप लगाउनुभयो । विशेष महाधिवेशन गरेर भएपसनि नेतृत्व परिवर्तन गर्ने अवस्था सृजना भएको भनाई चालिसेको थियो ।
अर्का नेता खगेन्द्र रेग्मीले नेपाली काँग्रेसको नेतृत्व योग्य सुपात्रको हातमा परोस् भन्ने चिन्ता आफूमा रहेको बताउनुभयो । नेपाली काँग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले पार्टी रुपान्तरको अभियानमा बोल्दा आफू कारवाहीमा पर्नपनि तयार रहेको बताउनुभयो । नेपाली काँग्रेसका नेता देवराज चालिसेको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिले काँग्रेस सुधारको बाटोतर्फ अगाडि वढ्नु पर्नेमा चिन्ता व्यक्त गरेका थिए ।
सो अवसरमा स्याङजाबाट भोजराज अर्याल, तनहुँबाट वैकुण्ठ न्यौपाने, पर्वतबाट बसन्त सिके, म्याग्दीबाट केवी भण्डारी, गोरखाबाट नवीन श्रेष्ठ, बाग्ललुङबाट हरिप्रसाद श्रेष्ठ, लम्जुङबाट भेषबहादुर थापा, कास्कीबाट नारायणमणि लामिछाने, तनहुँबाट रघुनाथ पौडेल लगायतल काँग्रेस सुधारिएर अगाडि बढ्न जरुरी भएको बताएका छन् ।












