• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

by
२१ जेष्ठ २०८०,
0
छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भजनी – कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन्। कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ।

गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो। सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुरेका छन्। रामकुमार नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ।

“केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो। यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्, “अरु काम कस्ता भए त्यो थाहा छैन। नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनमा देखाएको सक्रियताले सयौँ किसानलाई राहत भएको छ।” आउँदो आर्थिक वर्षमा पनि सामुदायिक चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गर्न उनले आग्रह गरेका छन्।

भलमन्सा तथा कृषक देशराम चौधरीले पनि नगरपालिकाको खुलेरै प्रशंसा गरेका छन्। उनले चौपाया व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुँदा वर्षौंपछि किसानले पूरा बाली भित्र्याउन पाएको बताए। “सडक आसपासका क्षेत्रमा लगाएको अन्न बाली भित्र्याउने आशा निकै कम हुन्थ्यो। चौपायाले आधाभन्दा बढी बाली नष्ट गरिसकेको हुन्थ्यो”, उनी भन्छन्, “अहिले त्यो भएन। सडक तथा खेतमा देखिने चौपाया देखिन छाडेका छन्। रातदिन खेतमै बस्नुपर्ने किसानको बाध्यता अन्त्य भएको छ।”

भजनी नगरपालिका–६ का सुखराम डङ्गौराले चार बिघा क्षेत्रफलमा चैते धान लगाए। चौपायाका डरले आधा खेतमा मात्रै गहुँ लगाएका उहाँलाई यतिबेला निकै पछुतो भएको छ। उनले चौपायाको डरले सबै खेतमा खेती गर्न सकेनन्। “हिउँदे खेती चौपायाका डरले लगाउन सकिएन। अहिले चैते धान राम्रो भएको छ। चौपाया व्यवस्थापन हुँदा आनन्द भएको छ”, उनले भने, “चौपाया व्यवस्थापनमा नगरपालिकालाई धन्यवाद दिनै पर्छ। यसभन्दा पहिलेको सरकारले नसकेको काम अहिलेको सरकारले गर्न सक्यो।” उनले गाउँघरमा सामुदायिक चौपाया देखिन छोडेको बताएका छन्।

यसरी त अहिले चौपायाको जोखिम सबै पालिकामा कम भएको छ। स्थानीय सरकारले व्यवस्थापनमा देखाएको तदारुकताले चौपायाको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन्। स्थानीयले चौपाया छाडा छोडेका कारण पनि चौपाया देखिन छोडेका हुन। टीकापुर नगरपालिकाका कृषक धनबहादुर मगर तरकारी खेती गर्दै आएका छन्। व्यावसायिक तरकारी खेती गर्दै आएका उनलाई केही वर्ष चौपायाले राम्रोसँग सतायो। व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगेका उनी अहिले व्यवसाय बढाउने सोचमा पुगेका थिए। “दर्जनौँ चौपाया एउटै हुलमा आउने। जतिबेला आफू छैन त्यहीँ मौका छोपेर आउने चौपायाले दिनसम्म दुःख दियो। यतिसम्म कि खेती गर्न नै छोडौँकी भन्नेमा पुगाएको थियो”, उनले भने, “अहिले आशा जागेको छ। हिउँदे तरकारी राम्रो भयो। अहिले पनि चौपाया देखिएका छैनन्। अब कम हुन्छ भन्ने आशा जागेको छ।”

जानकी गाउँपालिकाका सुरेन्द्र चौधरी पनि चौपायाको समस्या कम हुँदै गएको जनाउँदै किसानलाई ठूलो राहत भएको बताउँछन्। उनले खेतमा त्रिपाल हालेर चौपायाको हेरालु राख्नुपर्ने स्थिति यस वर्ष नआएको बताए। “हामीले स्थानीय सरकारसँग अनुदान र अन्य सहयोगभन्दा पनि चौपाया व्यवस्थापनका लागि पटकपटक आग्रह गर्दै आएका थियौँ। त्यो आग्रह अहिले आएर स्थानीय सरकारले सुनेको छ”, उनले भने, “अब त्यो अवस्था आउँदैन भन्नेमा किसान ढुक्क छन् तर स्थानीय सरकारले जुन व्यवस्थापन गरेका चौपायाको निगरानी यसैगरी गर्न सकेपछि किसानलाई राहत यहीँ हुनेछ।”

Previous Post

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक कालोपत्र सुरु

Next Post

ब्रेकअपपछि पूर्वप्रेमीसँग रोमान्स गर्दै सारा

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
ब्रेकअपपछि पूर्वप्रेमीसँग रोमान्स गर्दै सारा

ब्रेकअपपछि पूर्वप्रेमीसँग रोमान्स गर्दै सारा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In