• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली

by
२१ जेष्ठ २०८०,
0
वन पैदावार सङ्कलन गर्न पाउँदा बाँकेका उपभोक्तामा खुसियाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जानकी – बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन्। सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका छन्। शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ हजार चार सय ४१ क्युफिट वन पैदावार सङ्कलन गरेको छ। यसअन्तर्गत पाँच हजार सात सय ५८ क्युफिट आन्तरिकरुपमा उपभोक्तालाई वितरण गरेको छ। दुई सय १९ जना उपभोक्ता रहेको उक्त वन समूहले चार वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताए।

त्यसैगरी राप्तीसोनारी–२ कोटही देवी युवा प्रगति वन समूहले १५ हजार सात सय ६६ वन पैदावार सङ्कलन गरेको छ। अध्यक्ष तुल्सीराम भण्डारीका अनुसार चार वर्षपछि कटान गरिएको वन पैदावारमा तीन हजार तीन सय उपभोक्तालाई काठ वितरण गरिएको छ। चार सय ५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त वन समूहलाई तीन सय १६ घरधुरीले उपभोग गर्दै आएका छन्। विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको सो समूहले स्थानीय लक्ष्मी माविलाई रु एक लाख सहयोग गरेको छ। अन्य स्थानीय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ।

सोही पालिकाअन्तर्गत वडा नं २ माथेबास जनमुखी वन समूहले पनि वन पैदावार गरेको छ। यसमा दुई सय ९७ रुख कटान गरेको छ। एक सय १० ढलापडाको व्यवस्थापन गरेको छ। दुई हजार सालको रुख कटान गरेको छ। गत चैतबाट सुरु गरिएको वन कटान गरिएको काठ लिलाम प्रक्रियामा रहने अध्यक्ष टोपबहादुर खड्काले बताए।

विसं २०५८ मा दर्ता भएको वनमा सुरुमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको जनाउँदै उनले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागू गरिएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख स्रोत भएको बताए। चार सय ३४ दशमलव ३४ क्षेत्रफलमा रहेको उक्त वन समुहमा एक सय ७५ जना उपभोक्ता छन्।

शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार हालसम्म एक लाख ९४ हजार छ सय ७१ दशमलव ६१ क्युफिट काठ र छ सय ६३ दशमलव ९१ चट्टान दाउरा घारगद्दी गरिएको छ। पच्चीस प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्टाएर बाँकी लिलामी प्रक्रियामा रहेको उनले जानकारी दिए।

उनका अनुसार उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वन रहेका छन्। उन्नाइस वटामध्ये ११ वनमा वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुवेदीले बताए।

त्यसैगरी सात सामुदायिक वनमा ढलापडा सङ्कलनलगायत अन्य संरक्षणको काम भइरहेका छन्। समय अभावका कारण यसपालि सरकारद्वारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भइरहेको पनि उनले जनाए।

बाँके जिल्लामा कूल १३ सामुदायिक वनमा वन सम्वद्र्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअनुसार हालसम्म सो सङ्कलनबाट कटान, मुछान र ढुवानीबाट करिब ६० हजारलाई रोजगारी सिर्जना भएको र चार वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुवेदीले बताए। उनका अनुसार विगत तीन वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुसी भएका छन्।

जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीयरुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ। वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय सुकेका, ढलेका, रोगी तथा बूढा पुराना तथा उमेर पुगेका रुख कटान गर्ने, कटान भएको क्षेत्रमा पुनरुत्पादनलाई हुर्काउने तथा बढाउने कार्यक्रम लागू गर्दा वनको उत्पादन र उत्पादकत्व बढने उनले बताए।

यस वन व्यवस्थाबाट काठ दाउरा सहज उपलब्ध भई वन पैदावारको आपूर्ति निरन्तर र सहज हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समूहमा हुने आम्दानीले स्थानीय विकासमा टेवा पुग्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र राज्यलाई राजस्व प्राप्त भई प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट वनको सघन व्यवस्थापन हुने बताए।

विसं २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको दिगो विकासमा आधारित वैज्ञानिक वन व्यवस्थापन अहिले १३ सामुदायिक वनमा मात्र लागू भएको छ। जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ।

वन प्राविधिक श्याम भण्डारीका अनुसार वन व्यवस्थापन गरेपछि त्यसको अनुगमन गर्नुपर्छ त्यसमा अध्ययन अनुसन्धान हुनुपर्छ अरु ठाउँको वन व्यवस्थापन हेरेर आफ्नो ठाउँमा त्यो लागू गर्न सकिँदैन। ठाउँ भौगोलिक अवस्था त्यहाँ पाइने प्रजाति विशेष आफ्नो आवश्यकता विशेष त्यसको व्यवस्थापन गर्नुपर्छ।

“दिगो वन व्यवस्थापनको मुख्य पाटो भन्नु नै रुख काट्नु हो। निश्चित उमेरको रुख काट्नु त्यसको ठाउँमा नयाँ बोट बिरुवालाई संरक्षण गर्ने वन व्यवस्थापनको मुख्य उद्देश्य हो”, उनले भने, “यसले वन सम्वर्द्धन प्रणाली लागू गर्ने हो। वैज्ञानिक औजार विधि लागू गर्ने त्यसबाट दिगो वन बनाउनु र पारिस्थितिक सेवा पाउनु यसको उद्देश्य हो।” बाँकेमा डिभिजन वन कार्यालयको मातहतमा छ वटा सव डिभिजन वन कार्यालय छन्।

यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जङ्गलमा भएका काँचा रुख व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको जनाउँदै यस अगाडिको सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो।

Previous Post

सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In