निर्देश दिइसकेको कुरामा टाढा हुँदा पुनः स्मृति आउनु विचारको काम हो । विचारको काम द्विविधा उत्पन्न गर्नु हो । समग्र अवधान तथा तत्क्षणबाट तत्क्षणमा तत्पर रहन समर्थ नहुनुले भूत भविष्य तथा सम्बन्धका कुरा ल्याएर विधि निषेधको निर्माण गर्छ । संसारी तथा पामर मन भएको मान्छे सुरक्षा धन तथा परिवारको व्यवस्था रक्षामा रुचि राख्छ, चिन्ता गर्छ अनि त्यसैमा अल्झेर मर्छ ।
जे भयो, जे भनियो उसमा सुधारको कामना सङ्कल्प हो । त्यसो गर्न पाए, भन्न पाए राम्रो हुन्थ्यो आदि कल्पना विकल्प हो । सङ्कल्प विकल्पबाट मुक्त मन वर्तमानमा रहनसक्छ । यो तत्क्षणको क्षण जीवन हो । तुरुन्त क्षणमा एकसाथ जन्म एवं मृत्यु तथा प्रवाह अन्योन्यताले घटिरहेका छन् । यो देख्नु बुझ्नु तथा यथार्थलाई सम्झनु जीवन्मुक्ति, भक्ति एवं परामार्थको परमानन्द हो ।
– जे गर्नु छ गर्नु छ हुन्छ, गर्नु छ गर्छु जानु छ जान्छु भन्ने कुरा त्याग गर ।
– म त्याग्छु, समात्छु, हुन्छु भन्ने ‘म’लाई पनि त्याग ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













