शेरेः ओहो नेताज्यू ! आजकल त निकै मोटाउनु भएछ नि ! के खानु हुन्छ हँ ?
नेताः के खानु नि शेरेज्यू ! उही त हो नि पैला पैला खुब हण्डर र ठक्कर खाइयो । त्यसपछि राजनीतितिर छिरियो अनि अलिअलि पुलिसको डण्डा र दुई तीन मैनाजति जेलको हावा खाइयो । आजकल त राजनीतिको खेती खुब सप्य्रा छ ।
अहिले त मैले भुस नि खान्छु, घुस नि खान्छु, धान नि खान्छु, संविधान नि खान्छु, प्लेन नि खान्छु, प्लान नि खान्छु, गेट नि खान्छु, जेट नि खान्छु, पुल नि…..
शेरेः बस्, नेताज्यू बस्, पुग्यो । अब उच्च रक्तचाप र मधुमेह खानुस् र छिट्टै सिल्टिम्मुर खानुस् ।
देशको भार कहीँको…!
पेट मिचिमिची हाँसेछन्
कक्षामा पढाउँदै गर्दा मिसले लगाको ब्लाउज अगाडिको दुई बटन खुलेछन् ।
यो देखेर कक्षामा रहेका दुई विद्यार्थी पेट मिचिमिची हाँसेछन् ।
मिसः (रिसाउँदै) चुप लाग्छौ कि निकालुँ दुर्ईवटैलाई बाहिर….
अनि केटाहरु त झनै लडीबुडी गर्दै जोडजोडले हास्न थाले …।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












