• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रुसी राष्ट्रपतिले के सोचिरहेका छन् र के गर्न खोजिरहेका छन् ?

by
३० अशोज २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। रुसले युक्रेनमाथी आक्रमण सुरु गर्नु अघिबाटै धेरैको मनमा एउटा प्रश्न खड्किएको छ। त्यो हो( भ्लादिमिर पुटिनले के सोचिरहेका छन् र के योजना बनाइरहेका छन्?

सबैभन्दा पहिले म एउटा कुरा स्पष्ट गर्न चाहन्छु। क्रेम्लिनमा के भइरहेको छ भन्ने थाहा पाउन मसँग कुनै पनि यन्त्र छैन र पुटिनसँग सिधा टेलिफोन सम्पर्क गर्ने पहुँच पनि छैन।

अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्लू बुसले एकताका आफूले पुटिनको आँखामा हेरेर उनको “आत्मामा चलिरहेको कुराको छनक पाएको” बताएका थिए। तर रुसको पश्चिमासँगको सम्बन्ध कसरी समाप्त भयो भन्ने हामी सबैले देखेकै छौँ।

त्यसकारण पनि क्रेम्लिनका नेताको मनसाय बुझ्ने काम भनेको जस नपाइने काम हो। तर यसका लागि प्रयासहरू चाहिँ भइरहन जरुरी छ।

मस्कोले परमाणु हतियारको चेतावनी दिइरहँदा सम्भवतः यसअघि कुनै पनि समय भन्दा धेरै अहिले यसबारे जान्न जरुरी छ।

विशेष गरी उनको कथित “विशेष सैन्य कारबाही” लक्ष्य अनुरूप अघि नबढेका कारण रुसी राष्ट्रपति अहिले दबाबमा रहेको केही आशङ्काहरू पनि गरिएका छन्।

केही दिनमै पूरा हुने ठानिएको उक्त काम आठ महिनादेखि चलिरहेको छ र अझै छिट्टै टुङ्गोमा पुग्ने देखिएको छैन।

पुटिनले के गर्लान्?
क्रेम्लिनले पछिल्ला साताहरूमा उल्लेख्य मात्रामा आफ्नो फौजमा क्षति पुगेको स्वीकार गरेको छ र यसअघि रुसले कब्जा गरेका कतिपय भूभागहरू पुनस् युक्रेनी फौजले फिर्ता लिएको छ।

सैनिकको सङ्ख्या बढाउन गत महिना राष्ट्रपति पुटिनले जगेडा सैनिक परिचालनको निर्णय गरे जुन निर्णय उनकै चाहना विपरीत थियो। सँगसँगै प्रतिबन्धहरूका कारण रुसी अर्थतन्त्र खस्कने क्रम बढिरहेको छ।

फेरी पुटिनको मनशायमा फर्किऊँ। उनले युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णय गलत भयो भन्ने सोचिरहेका होलान्?

यस्तो अनुमान नगरौँ।

“पुटिनको मनोदशाले युद्धको सम्पूर्ण परिस्थिति डोर्‍याइरहेको छ,” रुसी पत्रिका नियाजभिसिमाया गजेटका प्रधान सम्पादक कोन्सटान्टिन रेम्चुकोभ भन्छन्।

“उनी परमाणु शक्तिका अधिनायकवादी नेता हुन्। उनी यो देशमा चुनौतीविहीन नेता हुन्। उनका केही कठोर विश्वासहरू र अवधारणाहरू छन्। यसलाई उनले आफ्नो मात्र नभएर रुसकै अस्तित्वसँग जोडेर हेर्ने गरेका छन्,” उनी भन्छन्।

यदि यो द्वन्द्व लम्बिइरहने हो भने जितका लागि पुटिन कति टाढासम्म जान तयार छन्?

पछिल्ला महिनाहरूमा वरिष्ठ रुसी अधिकारीहरूले रुसका नेताले परमाणु हतियार प्रयोगको निर्णय लिन सक्ने सङ्केत गरेका छन्।

“मलाई उनले यस्तो गर्छन् जस्तो लाग्दैन,” अमेरिकी राष्ट्रपति जो बाइडनले सीएनएनसँग भने।

“मेरो बिचारमा उनले यसबारे कुरा गर्नु पनि गैर जिम्मेवारी हो।”

युक्रेनमा यसै साताको रुसी बमबारीले क्रेम्लिन किएभसँगको द्वन्द्व थप चर्काउने उद्यत रहेको देखाउँछ।

रुस र पश्चिमा आमनेसामने?
रुस पश्चिमासँग पनि द्वन्द्व चर्काउन चाहन्छ?

“पुटिन पश्चिमासँग प्रत्यक्ष आमनेसामने हुनबाट जोगिँदै आएका छन्। तर उनी यसका लागि तयार भने छन्,” वरिष्ठ उदार राजनीतिज्ञ ग्रिगोरी याभ्लिन्स्की भन्छन्।

“म सबैभन्दा धेरै परमाणु युद्धको डर देख्छु र दोस्रोमा कहिल्यै नटुङ्गिने युद्धको।”

तर अनन्तकालसम्म युद्ध गरिरहनका लागि धेरै स्रोत साधनको आवश्यकता पर्छ र त्यो रुससँग भएजस्तो देखिँदैन। युक्रेनी सहरहरूमा भइरहेको क्षेप्यास्त्र आक्रमणको तरङ्ग शक्तिको नाटकीय प्रदर्शन हो तर मस्कोले कति समयसम्म यस्तो धान्न सक्छ?

“मिसाइलको यस्तै प्रवाह कति दिन, हप्ता वा महिनासम्म जारी राख्न सकिन्छ? धेरै जना विज्ञहरूले रुससँग धेरै क्षेप्यास्त्र भएको कुरामै आशङ्का व्यक्त गरेका छन्,” रेम्चुकोभ भन्छन्।

सैन्य दृष्टिकोणबाट पनि यो युद्ध रुसले नै जित्ने ठोकुवा नगरेको उनी बताउँछन्।

यसबारे पुटिनलाई कतिसम्म थाहा छ भन्ने पनि कसैले बुझ्न सकेको छैन।

युक्रेनमा आक्रमण सुरु गर्दा केही दिनभित्रै जित हात पार्ने पुटिनको आकलन फेल खानुमा युक्रेनी सेना र जनताको शक्तिको गलत आकलन थियो। त्यो उनकै सेनाको क्षमताको पनि ज्यादा आकलन थियो।

अहिले उनले के सोचिरहेका होलान् त? उनले रुसले गाभेका युक्रेनी भूभागमा नियन्त्रण बढाउँदै युद्ध अन्त्य गर्ने सोचिरहेका होलान् वा युक्रेनलाई रुसी प्रभाव क्षेत्रमा फिर्ता नल्याएसम्म युद्ध जारी राख्नेबारे सोचिरहेका होलान्।

पुटिनको सोचाइ प्रतिबिम्बित

यसै साता रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले “अहिलेकै अवस्थाको युक्रेन रुसका लागि चुनौती हुने र रुसको अबको लक्ष्य युक्रेनको वर्तमान सत्तालाई ढाल्नु हुने” लेखेका थिए।

यदि मेदभेदेभको भनाइले पुटिनको सोचाइ प्रतिबिम्बित गर्ने हो भने अझै लामो समय र रक्तपातपूर्ण युद्धको अनुमान गर्न सकिन्छ।

तर पुटिनले देशबाहिर चालेका कदमले देशभित्र परिणामहरू सिर्जना गरिरहेका छन्। क्रेम्लिनले लामो समय लगाएर तयार गरेको पुटिनको छवि धुमिल भएको छ र उनी रहेसम्म रुसका मानिसहरू सुरक्षित हुन्छन् भन्ने धारणामा ह्रास आएको छ।

“पुटिन र समाजबीचको सम्झौता भनेको ‘म तिमीहरूको रक्षा गर्छु’ भन्ने थियो,” रेम्चुकोभ भन्छन्।

उनका अनुसार धेरै वर्षसम्म हरेक कुराको भविष्यवाणी गर्न सकिने रुसमा अब त्यो अवधारणाले काम गर्न छोडिसकेको छ।

युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयले धेरैलाई अचम्मित बनाए पनि याभ्लिन्स्कीलाई त्यो अनौठो लागेन।

“मलाई पुटिन त्यही दिशामा अघि बढिरहेका छन् भन्ने लागेको थियो। उनी वर्षौँदेखि त्यसका लागि बाटो बनाइरहेका थिए,” उनले भने।

“उदाहरणका लागि स्वतन्त्र सञ्चार माध्यमहरू ध्वस्त बनाउने काम उनले सन् २००१ मै सुरु गरे। उनले स्वतन्त्र व्यवसाय पनि ध्वस्त बनाए। त्यसपछि सन् २०१४ मा उनले क्राइमिया र डोनबासमा के गरे भन्ने जगजाहेरै छ,” याभ्लिन्स्की भन्छन्।

“रुसको समस्या भनेको हाम्रो प्रणाली हो। हाम्रोमा यस्तो प्रणाली बनाइयो जसले एकजना यस्तो व्यक्ति जन्मायो। प्रणाली बनाउन पश्चिमाको भूमिकाबारे अर्को गम्भीर प्रश्न छ।”

“तर समस्या के भयो भने प्रणालीले समाज बनाएन। रुसमा धेरै राम्रा मान्छेहरू छन्। तर यहाँ नागरिक समाज छैन। त्यसकारण पनि रुसमा विरोध हुँदैन।”

Previous Post

अनिता अब ठूलो पर्दामा देखिने

Next Post

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In