• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रधानमन्त्रीको भारत भ्रमणको दोस्रो दिन : राष्ट्रपति, उपराष्ट्रपति र समकक्षीसँग भेटवार्ता हुँदै

by
१८ जेष्ठ २०८०,
0
भारत भ्रमणमा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज ९बिहीबार० समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनगढ, राष्ट्रपति द्रौपती मुर्मूलगायतसँग महत्त्वपूर्ण भेटवार्ता गर्दै छन् ।

अहिले केहीबेरमा राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय समकक्षी मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ ।

प्रतिनिधिमण्डलको बैठक सकिएपछि सम्झौता आदानप्रदानको कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् ।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे भारतका उपराष्ट्रपति धनगढ र साढे ४ बजे राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

तेस्रो दिन अर्थात् भोलि (शुक्रबार) बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणको अन्तिम दिन शनिबार ९जेठ २० गते० प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल पहिलो विदेश भ्रमणका क्रममा भारत गएका हुन् । भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको बुधबार दिउँसो १स्२५ बजे नियमित उडानबाट दिल्ली गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरेका थिए ।

हिजो ९बुधबार० नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि प्रधानमन्त्री दाहाललाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए ।

उनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालको तस्बिर अंकित ठूला(ठूला होडिङ र ब्यानरहरु सडक(सडकमा राखिएका छन् । विमानस्थलमै प्रधानमन्त्रीको स्वागतका लागि नाचगान, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री दाहाल सरदार पटेल मार्गमा रहेको होटेल आईटीसी मौर्यमा बसेका छन् । हिजो साँझ विदेश सचिव विनयमोहन क्वात्राले होटेलमा प्रधानमन्त्री दाहालसँग भेट गरे । त्यसपछि साँझ ६ बजे होटेलमै आधा घण्टा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री दाहालसँग भएको डोभलको भेटमा क्वात्रा पनि सहभागी थिए ।

त्यसपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको रात्रिभोजमा प्रधानमन्त्री दाहाल सहभागी बने । त्यहाँ उनले प्रवासी नेपालीहरुलाई सम्बोधन गरे ।

भारतस्थित नेपाली दूतावासले प्रधानमन्त्री दाहालको सम्मानमा आयोजिना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रवासी नेपालीहरुको समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे । उनले भारतमा रहेका प्रवासी नेपालीहरुको हकअधिकार प्राप्तिका लागि नेपाल सरकार सधै साथमा रहेको भन्दै मतअधिकार दिने विषयमा सरकारले छिटै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रवासी नेपालीहरुले प्रवासमा रहेका नेपालीहरुको अधिकार प्राप्तिका लागि सरकारले पहल गर्नुपर्ने र निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेका थिए ।

Previous Post

खेलकुदः नेइमारले पिएसजी छोड्न राखे यस्तो शर्त

Next Post

बिहीबारको विदेशी मुद्राको विनिमय दर

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In