कञ्चन, कामिनीको सान्निध्यले निश्चय नै चञ्चलताको विकास गर्दछ । कामिनीहरूले राग, रति, सुख, आसक्ति, अधिकार ईष्र्या, पक्षपात, भेदभाव, स्थानासक्ति, एकान्त निषेधको प्रवृत्ति ल्याउँछन् । कञ्चनले सङ्ग्रहवृत्ति, जोड्ने इच्छा, महत्वाकाङ्क्षा, द्वन्द्व, द्वैत, ढोंग, आडम्बर, समाजमय शेखी घमण्ड, भय, चिन्ता आदिको सृजना गर्छ ।
प्रारब्ध प्राप्त वस्तुको त्याग, व्यक्तिमा क्षमताको परीक्षा गर्न सके साथ ही लोभ सुविधा, सङ्ग्रह, निरन्तरताको अपेक्षा नभए जीवन सहज, सरल, शान्त र प्रकाशमय स्वाभाविक हुन जान्छ ।
हृदयमा त्याग छ भने राजमहल वा त्रिलोकीको वैभव पनि थूक वा विष्टा वा माटाको डल्लोजस्तो प्रतीत हुन्छ ।
केवल कुरामा वैराग्य छ भने साना–साना वस्तुहरू जस्तै । रुपैयाँ, पैसा, लुगा, कुटी, मिठाइ आदिमा पनि लोभ लाग्छ, चित्त जान्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट












