एउटा भगवान शिवजीको आराधना गरेर कठोर तपस्या गर्न थालेछ । तपस्या गर्दै जाँदा एक दिन भगवान् शिवजी त्यस गधाको तपस्या देखि खुशी भएर गधाको सामुन्नेमा प्रकट भएछन् र
भगवान् शिवः भक्त गधा, तिमीले गरेको तपस्याले म प्रशन्न भएँ । के बरदान माग्छौ माग ।
गधाः त्यस्तो खासै ठूलो माग्ने कुरा त केही पनि छैन । यदि हजुर साँच्चै भगवान् हुनुहुन्छ भने मलाई अर्काे जुनीमा पनि गधा नै बनाएर जन्माइदिनुहोला ।
भगवान् शिवः भक्त गधा ! दुई दुई पटक एउटै प्राणीको रुपमा जन्माउन मिल्दैन । अरु कुन प्राणीको रुपमा जन्मन चाहन्छौ ?
गधाः निकै बेर सोचेर, त्यसो भए भगवान् मलाई अर्काे जुनीमा लोग्ने मानिस या कसैको श्रीमती बनाएर जन्माइदिनु होला ।
भगवान् शिवः मुर्ख गधा ! तिमीलाई अघि नै मैले भनेको होइन, दुई दुई पटक गधा नै भएर जन्मन मिल्दैन भनेर ।
लँगडो भएँ भनेर
माधव रक्सीले मातिँदै सडकमा हिँड्दै थियो, उ एउटा खुट्टा दायाँ र अर्काे खुट्टा बायाँ गर्दै लडखडिँदै हिँड्दै थियो । त्यत्तिकैमा एउटा हवल्दारले देखेछ र माधवलाई एक डण्डा हिर्काउँदै भनेछ—
ओई, खुट्टा समेत ठेगानामा छैन, कत्ति पिएको छस् ।
माधवः धन्यवाद, मलाई सम्झाइदिनु भयो कि मैले पिएको छु भनेर, नत्र मैले त यो सम्झिँदै थिएँ कि म कसरी लँगडो भएँ भनेर ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












