• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

    राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

    राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

    ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

    ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

by
१६ जेष्ठ २०८०,
0
बीमकले विदेशमा शाखा खोल्न पाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ। गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा ९अक्कल०ले जानकारी दिएका छन्।

गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो। बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए। ुराष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छु, अध्यक्ष बन्जराले भने, सम्झौतासँगै बीमा कार्यक्रम पनि लागू भएको छ।

गाउँपालिकाले गरेको सम्झौताअनुसार अब पालिकाभित्रका नागरिकको कुनै पनि प्रकारको दुर्घटना भएमा कम्पनीले बीमा पोलिसीअनुसारको उपचार खर्च प्राप्त गर्ने उनको भनाइ छ। त्यस्तै नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका कसैको कुनै पनि प्रकारको दुर्घटनाबाट ज्यान गुमाएमा समेत बीमा कम्पनीले सम्बन्धित परिवारलाई रु ५० हजार उपलब्ध गराउने गरी बीमा पोलिसी लागू भएको गाउँपालिका अध्यक्ष बन्जराले जानकारी दिए।

बीमा कम्पनी र गाउँपालिकाबीच भएको सम्झौता आगामी २०८१ जेठ १५ गतेसम्म लागू हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए। सम्झौताअनुसार गाउँपालिकावासी सबै नागरिकले अब दुर्घटनाबाट सिर्जित मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अङ्गभङ्ग, औषधोपचार आदि सुविधा प्राप्त गर्नेछन्।

बीमाका शर्तहरू सामूहिक दुर्घटना बीमालेखबमोजिमको हुने पनि सम्झौतापत्रमा उल्लेख छ। सम्झौताअनुसार दुर्घटनामा परेका बिमितको उपचार खर्च बीमालेखको अधिनमा रही सक्कली बिल बुझाएपछि प्राप्त गर्नेछन्। सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका छन्।

गोरखाका ११ स्थानीय तहलाई चार अर्ब ५८ करोड ३७ लाख

गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु साढे चार अर्बभन्दा बढी बजेट विनियोजन भएको छ। सङ्घीय सरकारले आगामी आव २०८०र८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल रु चार अर्ब ५८ करोड ३७ लाख समपूरक बजेट विनियोजना भएको हो।

दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल रु ६१ करोड ८१ लाख र पालुङटार नगरपालिकालाई रु ५७ करोड दुई लाख विनियोजना भएको छ भने जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई रु २० करोड ७७ लाख बजेट विनियोजन भएको हो।

त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई रु ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकालाई रु ४४ करोड ६८ लाख, अजिरकोट गाउँपालिकालाई रु ३१ करोड ६८ लाख र धार्चे गाउँपालिकालाई रु ३१ करोड २१ लाख बजेट विनियोजन भएको छ।

शहिद लखन गाउँपालिकालाई रु ४३ करोड २० लाख, भीमसेन थापा गाउँपालिकालाई रु ४० करोड १० लाख, बारपाक सुलिकोट गाउँपालिकालाई रु ४० करोड ५९ लाख र सिरानचोक गाउँपालिकालाई रु ४६ करोड ८९ लाख रकम सङ्घीय सरकारले विनियोजन गरेको हो।

Previous Post

टर्कीका राष्ट्रपति एर्दोगानलाई बधाई दिँदै बाइडेनले भने– नेटो सहयोगीको रूपमा सँगै काम गर्न चाहन्छु

Next Post

प्रधानमन्त्री निवासमा छोराले हालीमुहाली गरेपछि निजी सचिवबाट हटाइए

सम्बन्धित खबर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु
फिचर-ब्यानर

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

१३ साउन २०८३,
सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
समाचार

सुनसरी घटनापछि प्रचण्डको आग्रह : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ

१३ साउन २०८३,
पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
समाचार

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ साउन २०८३,
सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’
समाचार

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न : ‘सरकार कहाँ छ?’

१३ साउन २०८३,
राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल
फिचर-ब्यानर

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

१३ साउन २०८३,
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह
आर्थिक

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी–व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह

१३ साउन २०८३,
Load More
Next Post
प्रधानमन्त्री निवासमा छोराले हालीमुहाली गरेपछि निजी सचिवबाट हटाइए

प्रधानमन्त्री निवासमा छोराले हालीमुहाली गरेपछि निजी सचिवबाट हटाइए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In