• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किसानको प्रश्‍नः सरकारले बाँदर बचाउने हो कि मानिस ?

by
१५ जेष्ठ २०८०,
0
किसानको प्रश्‍नः सरकारले बाँदर बचाउने हो कि मानिस ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन् । उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क ।

“बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनले गुनासो गरिन्, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन् ।

“दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ”, उनले भनिन् । तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छन् । बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ ।

रानाले मौरीपालनसँगै दालचिनी खेती गरेकी छन् । दालचिनीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी हुने गरेको छ । उनले भने, “बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ । तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।”

बाँदरले खेतीपाती मात्र नभई घर–घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उनले बताइन् । उनले भनिन्, “हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनौँ तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस् ।” उहाँले बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने माग गरिन् ।

बन्दीपुर गाउँपालिका–३ का होमबहादुर विक पनि बाँदर आतङ्कले हैरान छन् । बाँदर आतङ्कले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ । “बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने रु”, उनले भने, “ सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्‍यो ।”

खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ । “बाँदर आतङ्कले आजित भइसक्यौँ, खै कसले हाम्रो पीडा सुनिदिने हो”, उनले भने, “नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो ।” बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उहाँको माग छ ।

बन्दीपुर गाउँपालिका–२ का नारायण केसीले बाँदर आतङ्कले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए । उनले भने, “वर्षभरि दुःख गरेर खेती गर्‍यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ । दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ । जग्गा बाँझो हुने क्रम बढेको छ ।” सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतङ्कका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ ।

व्यास नगरपालिका–१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ । अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ । “बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन”, उनले भनिन् ।

व्यास नगरपालिका–६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतङ्कले कहिल्यै खेती खान नपाइएको गुनासो गरिन् । उनले भनिन, “मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो ।”

शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका सिद्धबहादुर खाँणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताए । “बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र रु”, उनले भने, “कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो खै रु”

भानु नगरपालिका–४ का अनिता गुरुङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राखिन् । “दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै रु”, उनले भनिन् ।

बाँदर आतङ्कबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउँछन् । उनले भने, “सरकारले किसानको यो दुःखद् मर्म र पीडा बुझेर सही नीति ल्याउनुपर्छ ।” तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उहाँले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गरे ।

“चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै रुवाइरहेको छ । बाँदरले घर–घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ”, उनले भने, “अब बाँदर पीडितले आफ्ना बालचच्चा पाल्ने कि बाँदर रु सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।”

Previous Post

सार्वजनिक संस्थानः २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

Next Post

ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

ग्रीसमा गठबन्धन बनाउने प्रयास असफल, दोस्रो आमनिर्वाचनको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In