• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

by
१२ जेष्ठ २०८०,
0
छात्रछात्रालाई शैक्षिक सामग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गरिब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका दुई विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।

यसरी शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेमा अध्यायनरत स–साना छात्रछात्रा रहेका छन्। ती दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो।

कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई आफूले किताब, कमल, कापी, झोलालगायतका आवश्यक पर्ने सामग्री वडा कार्यालयको बजेटमार्फत आफूले व्यवस्थापन गरेको र आफ्नो कार्यावधिभर निरन्तरता दिने कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए।

आफ्नो वडामा सञ्चालित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिवजिवेमा कक्षा १ देखि नै अङ्ग्रेजीसमेतको माध्यमद्वारा पठनपाठन सुरू गराइएको र सरकारी विद्यालयले पनि निजी बोर्डिङसरह पठनपाठन गराउँछ भन्ने जिवजिवे क्षेत्रका विद्यालयले प्रमाणित गर्नेमा आफू आशावादी भएको वडाध्यक्ष पौडेलले बताए। वडा कार्यालयले गरेको प्रयासबाट पठनपाठनको गुणस्तर बढ्न गई भावी दिनमा सबै विद्यार्थी सरकारी विद्यालयतर्फ नै केन्द्रित रहने विश्वाससमेत उनले व्यक्त गरे।

विद्यार्थीलाई आवश्यक पर्ने सबै प्रकारका पाठ्यसामग्री उपलब्ध गराई कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्ने कार्यमा वडा कार्यालयले गरेको सहयोग जनहितकारी हुने स्थानीय अभिभावकले बताएका छन्। गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आफ्ना मातहतको वडा कार्यालयमार्फत वितरण गरिएको पाठ्यसामग्रीले शैक्षिक जागरण बढ्नेमा आफू आशावादी रहेको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए।

पठनपाठनका लागि राम्रो मानिएका यी दुई विद्यालयमध्ये ज्याङ्लाङ प्राविको स्थानीय शिक्षाप्रेमी एवं रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा गुणस्तरीय भवन निर्माण सम्पन्न भइसकेको र विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन नसक्दा पठनपाठनमा असहज बन्दै गएको शिक्षकले बताएका छन्।

भौगोलिक विकटता रहेको हिमाली जिल्ला रसुवामा पछिल्लो समय अधिकांश क्षेत्रमा ग्रामीण सडकको पहुँच पुगेका कारण विद्यार्थीलाई विद्यालयतर्फ जानसमेत पैदलमार्गको सहजता मिल्दै गएको बताइएको छ।

Previous Post

जे. कृष्णमूर्ति केही अमर वाणीहरु

Next Post

खोला नतरे स्कुल जान पाइँदैन

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
खोला नतरे स्कुल जान पाइँदैन

खोला नतरे स्कुल जान पाइँदैन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In