• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिटलरको जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने

by
१२ जेष्ठ २०८०,
0
हिटलरको जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । क्रूर शासक भनेर चिनिएका एडोल्फ हिटलरको अस्ट्रियास्थित जन्मघर मानव अधिकार तालिम केन्द्रमा परिणत हुने भएको छ। अस्ट्रियाको गृह मन्त्रालयले यस्तो घोषणा गरेको हो। ब्राउनाम एम इनको उत्तरपश्चिमी सहरमा रहेको भवनमा प्रहरी कार्यालयसहितको सुविधा हुनेछ। सन् २०१९ मै अस्ट्रियाली सरकारले यसको योजनाबारे खुलासा गरेको थियो।

मन्त्रालयका अनुसार यो निर्णय एक अन्तः विषय विशेषज्ञ आयोगको सिफारिसका आधारमा गरिएको थियो, जुन चरमपन्थी गुटलाई ऐतिहासिक सम्पत्तिबाट वञ्चित गर्नेसँग सम्बन्धित थियो।

‘हामीले हाम्रो विगतको सामना गर्दै यो ऐतिहासिक रुपमा बोझ भएको स्थानलाई जीवनको पुष्टि गर्ने दृष्टिकोण दिनुपर्छ,’ भियना विश्वविद्यालयको समकाली इतिहास संस्थानका प्राध्यापक इतिहासक ओलिभर रथकोल्बले भने।

सन् १८८९ अप्रिल २० तारिखमा उक्त भवनको एउटा अपार्टमेन्ट हिटलरको जन्म भएको थियो। परिवारले उक्त अपार्टमेन्ट नछोड्दासम्म उनी त्यहीँ बसेका थिए। ३ वर्षको हुँदा उनको परिवार त्यहाँबाट अन्यत्रै सरको थियो।

सो भवन गेर्लिन्डे पोमरको थियो, जसको परिवार हिटलरको जन्म हुनुअघि दशकसम्म भवनको मालिक थियो। सन् १९७२ सम्म पनि त्यहाँको आन्तरिक मन्त्रालयले साइट भाडामा लिन सुरु गरेको थिएन। भवन विभिन्न दान र भाडामा लगाइएको थियो। यसको तीनतला सन् २०११ मा भाडामा बस्दै आएको अपांगता केन्द्र सरेपछि यो खाली छ।

अस्ट्रिया सरकारले सन् २०१६ मा उक्त सम्पत्ति भत्काउने घोषणा गरेको थियो। त्यसमा पोमर परिवारले जबर्जस्ती अधिग्रहण गर्न थालेपछि मन्त्रालयले सम्पत्ति कब्जा गर्न विशेष कानुनी अधिकार मागेको थियो। त्यसपछि जफत र क्षतिपूर्तिबारे कानुनी झगडा भयो। सोही अवधिमा भवन भत्काउने योजना स्थगित गरिएको थियो।

साइट सुरक्षित गरेपछि अस्ट्रियाली सरकारलाई लाग्यो कि यसले नवनाजी र हिटलरको विचारधाराप्रति सहानुभूति राख्ने मानिसलाई आकर्षित गर्न सक्छ। सन् २०१९ मा यसलाई प्रहरी चौकीमा परिणत गर्ने निर्णय गर्दै अस्ट्रियाका तत्कालीन गृहमन्त्री वोल्फगाङ पेस्कोर्नले भने, ‘भविष्यमा प्रहरीले प्रयोग गर्ने भवनले राष्ट्रिय समाजवाद मनाउने काम गर्नेछैन।’

यो भवन अस्ट्रियाको सबैभन्दा ठूलो मानव अधिकार संगठन र प्रहरी कार्यालय हुनेछ। साथै मौलिक रुपमा महत्वपूर्ण विषयमा प्रशिक्षणको केन्द्र पनि हुने बताइएको छ। सन् २०२५ मा सम्पन्न हुने अपेक्षा गरिएको सो भवनलाई तालिम केन्द्र तथा प्रहरी कार्यालयमा परिणत गर्न दुई करोड अमेरिकी डलरभन्दा बढी लाग्नेछ। यद्यपि प्रहरी भने आगामी वर्ष त्यहाँ सर्ने बताइएको छ।

Previous Post

रोचक तथ्यः उल्टो उभिएको अनौठो घर

Next Post

ढोरपाटनका मेयर नेपाली निलम्बनमा

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
ढोरपाटनका मेयर नेपाली निलम्बनमा

ढोरपाटनका मेयर नेपाली निलम्बनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In