हरियो खुर्सानी हरेकको भान्सामा अनिवार्यजस्तै हुन्छ । धेरैले यसलाई खानासँग काँचै खाने गर्छन् । हरियो खुर्सानीले खानालाई स्वादिष्ट बनाउनुको साथै यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम जस्ता पोषकतत्वहरु पाइनुको साथै कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने समस्या, मधुमेह जस्ता रोगहरुमा हरियो खुर्सानीको सेवनले फाइदा पुन्छ ।
– हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट तत्व हुने हुँदा यसले शरीरलाई बाह्य किटाणुहरूको आक्रमणबाट बचाउँन सहयोग गर्छ । यसले प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउँछ ।
– हरियो खुर्सानीमा भिटामिन सी र बिटा क्यारोटिन पाइने हुँदा यसको सेवनले आँखा स्वस्थ राख्न मद्दत गर्छ भने रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ ।
– हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न सहयोग गर्ने हुँदा मधुमेह भएकाले हरियो खुर्सानीको सेवन गर्दा फाइदा पुग्छ ।
– हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक छ । खुर्सानीलाई बीचबाट काटेर एक ग्लास पानीमा भिजाउने र बिहान उठेर त्यो पानी सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने कतिपय अध्ययनहरूले पुष्टि गरेका छन् । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ ।












