हातमा कुचो लिएको हरिलाई श्रीमतीले सोधिछन्— हैन यो झाँक्रीले जस्तै हातमा कुचो लिएर यता र उता किन दौडेको भन्या ?
हरिः बुझिस् बूढी मैले चार मिनेटमा तीनवटा केटा झिँगा र एउटी केटी झिँगा मारिसकेँ नि !
हरिको कुरा सुनेर श्रीमतीः केटा र केटी भनेर चाहिँ कसरी थाहा पाउनु भयो ?
हरिः तीनवटा झिँगा बियरको बोतलमा बसेका थिए र एउटा झिँगा फोनमा बसेको थियो ।
ढिलो भइसक्यो
एउटा साथी अर्काे साथीसँगः जीवनको उत्तम सुख मलाई विवाहको अघिल्लो दिनसम्म थाहा थिएन ।
अर्काे साथीः त्यसो भए अब थाहा पाउनु भयो त जीवनको उत्तम सुख ?
पहिलो साथी निराश भएरः अब त धेरै ढिलो भइसक्यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












