संवाद गर्न आउने व्यक्तिसित सोध्ने प्रमुख प्रश्नहरू
(१) हजुरले जीवनको सन्दर्भमा धर्मको र ईश्वरको कुन रूपको शिक्षा प्राप्त गर्नुभएको छ ?
(२) धार्मिक वा आध्यात्मिक के साधना र कुन मान्यता, पुस्तक, महापुरुषमा निष्ठा छ, परिचय र सम्पर्क छ ?
(३) के अध्ययन गर्नुभएको छ ? कुन कुन प्रमुख पुस्तकहरू, साहित्यको अध्ययन गर्नुभएको छ ? त्यसको निष्कर्ष के पाउनु भयो ?
(४) जीवनमा आपूmले गर्न चाहेको तर गर्न नसकेको वा विपरीत भएको कुन कुरामा पश्चात्ताप भएको छ ?
(५) जीवनमा हर समय के गर्न पाए हुन्थ्यो भन्ने इच्छा हुन्छ ?
(६) ईश्वर, आत्मा, तपस्या, ज्ञान, धर्मका बारेमा हजुरको चिन्तन धारणा कस्तो प्रकारको छ ?
प्रथम बुद्धिले सत्य तृप्ति एवं आनन्दको मूल स्रोतमा ध्यान राख्छ ।
द्वितीय प्रकारको बुद्धिले धारणा (ईश्वर) सम्मोहन (शास्त्र) मृत्यु (आवागमन) को मात्रै चिन्तन गरेर भ्रमित भइरहन्छ ।
तृतीय प्रकारको बुद्धि शरीर, परिवार एवं सम्पत्तिमा अड्केको हुन्छ, त्यो पुच्छविहीन पशुता भन्दा धेरै फरक रहँदैन ।
सत्य– सङ्कल्प विकल्प–विचार, मान्यता–स्वीकारको जहाँबाट जन्म हुन्छ, त्यस स्थलमा मस्तिष्क, मन हृदयको अनुभव गर्नुपर्दछ ।
तृप्ति– जो आदि अन्तवाला छ । जो पराश्रयी छ । जो एक अवस्थामा छ, अर्को अवस्थामा छैन, ती सबैको त्याग गर्न सक्नुपर्दछ ।
आनन्द– जहाँ आसक्ति, अपेक्षा, आशा, हिजोको स्मृति र भोलिको चिन्ता छैन, जसले जन्म र मृत्युको खेललाई सम्झेको छ त्यो गम्भीर समयको शान्ति हो आनन्द ।
हामी हिन्दूहरू इमानदार भए, आफ्नो मान्यतामा भइदिएको भए गङ्गाको ढल पानीमा रूपान्तरण र गोवध वा थारी वा बुढी गाईको यो दुर्गति हुने थिएन ।
व्यवहारमा सर्वाधिक भड्केको आधार नभएको बाल्यकालदेखि नै स्थिति नपाइने धर्म अहिले हिन्दूधर्म भएको छ । पुस्तकहरूमा जति उँचो र श्रेष्ठ कुराहरू भए पनि जो हिन्दूधर्म, हामीलाई बुवा, हजुरबुवा र पण्डितहरूले दिए त्यो छुवाछुत मान्ने, विधवा विवाह गर्न नहुने, भएभरिका देवीदेवता पुज्ने कस्तो जडवादमा यो धर्म पुगेछ । आश्चर्य लाग्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












