गर्मी सिजनमा बढी रूचाइने फलफूलमध्येमा तरबुजा पनि पर्दछ । तरबुजाको सेवनले शरीरलाई शितल बनाउनुको साथै ताजा तथा फुर्तिलो पनि बनाउँछ । प्रायः गरेर सबै उमेरसमूहकाल तरबुजा खान मन पर्छ ।
तरबुजाको बियाँ स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ भन्ने कुरा थाहा नभएका कारण हामी सबैजनाले तरबुजा खाए पनि तरबुजाको बियाँ भने फालिरहेका हुन्छौँ ।
के के छन् तरबुजाको बियाँ सेवन गर्नुका फाइदाहरू ?
तरबुजाको बिज निकालेपछि यसलाई भुट्नुपर्छ । त्यसपछि डिब्बामा राख्ने र यसलाई मर्निङको नास्तासँग खान सकिन्छ ।
– तरबुजामा निकै कम क्यालोरी पाइने हुँदा दैनिक करिब ४ ग्राम तरबुजाको बियाँ सेवन गर्दा वजन घटाउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।
– तरबुजाको बियाँमा आइरन, म्याग्नेशियम, जिंकका साथै स्वस्थ फ्याट हुन्छ । यी सबै पोषक तत्वले शरीरलाई निकै फाइदा गर्छ ।
– तरबुजाको बियाँमा पाइने म्याग्नेसियमले ब्लड शुगर लेभल र इन्सुलिन रेजिस्टेनस घटाउन सहयोग गर्छ । साथै मेटाबोलाइजिंग काब्र्सलाई समेत नियन्त्रण गर्न यसले काम गर्छ ।
– म्याग्नेशियम, एन्टीअक्सिडेन्ट्स र जिंकजस्ता पोषक तत्वले भरिपूर्ण यस बीज शरीरको छालाका लागि निकै राम्रो हुन्छ । तरबुजाको बियाँबाट निक्लने तेल स्किन केयर प्रोडक्ट्समा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।












