याद राख्नुहोस्, यदि तपाईं आज पनि रक्सी पिएर घर आउनुभयो भने म आत्महत्या गरिदिन्छु । हिरोइनले आफ्नो लेखक पतिसँग भनी ।
पतिः प्रिये ! तिमी सधैँ बिहान यही कुरा भन्छौ, तर न त तिमी आफ्नो वाचा पूरा गर्छेऊ न त म रक्सी पिउन छोड्छु ।
फ्याँक्न थाले
नवयुवकः वकिल साहब, मेरो घरमा आएर मेरा दुई साथी एक आपसमा लडे र उनीहरुले मेरो घरका कुर्सी उठाएर एकअर्कामाथि फ्याँक्न थाले ।
वकिलः तिमीले बचाउने कोसिस गरेनौ ?
नवयुवकः मेरो इच्छा त थियो तर मसँग तेस्रो कुर्सी थिएन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












