• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पक्षाघातको समस्या बढ्दै

by
१० जेष्ठ २०८०,
0
पक्षाघातको समस्या बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली – टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । उनलाई पक्षाघातका कारण समस्या भएपछि उनका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् । “बुबा पक्षाघातको समस्याले थलिएको दुई वर्ष भयो”, लक्ष्मीले भनिन्, “हिँड्डुल गर्न गाह्रो भएकाले ह्विलचियर भएको भए अस्पताल लैजान, घरबाहिर डुलाउन, कहिलेकाहीँ काममा लैजान सहज होस् भनी माग गरेका छौँ ।”

त्यस्तै, टीकापुरका शिव चौधरीलाई पनि पक्षाघातको समस्या छ । उच्च रक्तचापका कारण पक्षाघातको समस्या भएको बताउने चौधरीले पनि ह्विलचियर माग गरिरहेका छन्। “रातदिन घरमै थलिएको एक वर्ष पुग्यो, एकदमै राम्रो स्वास्थ्य थियो, एक्कासि बेहोस भएँ, अस्पताल लगेको चार दिनपछि होसमा आएँछु”, उनले भने, “पछि त शरीर नै चल्न छोड्यो । अहिले सहाराबिना कुनै काम गर्न सक्दिनँ ।”

मानिस विभिन्न कारणले अपाङ्गताको समस्याको सिकार हुनसक्छ । कोही जन्मजात, कोही दुर्घटनामा परेर वा कोही विभिन्न स्वास्थ्य समस्याले अपाङ्ग हुनसक्छन् । अपाङ्गता भएकाको जीवन सहजताका लागि उनीहरूलाई सहायता सामग्री उपलब्ध गराउने, विभिन्न जीवनउपयोगी तालिम दिने काम सरकारले गरिरहेको हुन्छ । तर मागअनुसार पुर्याउन भने कठिन देखिन्छ ।

नागरिकको खानपान तथा रहनसहनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । स्वास्थ्य समस्याले मानिसलाई अन्य समस्या मात्र नभई अपाङ्गतासम्बन्धी समस्या हुने समेत देखिन्छ । डा दिनेश बजगाईं मस्तिष्काघातको समस्याले पक्षाघातको समस्या भइरहेको बताउँछन्। “मानिसको खानपान, रहनसहनले विभिन्न स्वास्थ्य समस्या हुने हुन्छ । जसले मानिसलाई अशक्त बनाउँछ”, उनले भने, “मस्तिष्काघातले मानिसमा पक्षाघातको समस्या बढी देखिन थालेको छ । समयमै उपचार नभएमा अपाङ्गताको समस्या हुन्छ ।”

कैलाली अपाङ्ग सेवा सङ्घका अध्यक्ष बद्रीप्रसाद जैसी विभिन्न प्रकारका अपाङ्गता भएकाहरूलाई हिँड्डुलमा समस्या भएकाले सहायता सामग्री माग गरिएको बताउछन् । “जन्मजात, दुर्घटना भएर वा पक्षाघाताको समस्याले हिँड्डुल गर्न नसक्नेहरू धेरै छन्”, उनले भने, “अवस्था हेरेर नापजाँच गरी आवश्यकता अनुसारका सहायता सामग्रीका लागि स्थानीय सरकारलाई माग गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सहायता सामग्रीले पनि अपाङ्गता भएकालाई धेरै सहज हुन्छ ।”

टीकापुर नगरपालिकामा सहायता सामग्री माग गर्नेहरू बढेका छन् । नगरपालिकामा पक्षाघात भएकाहरूले बढी ह्विलचियरको माग गरेका छन् । नगरपालिकामा यस वर्ष ६७ जनाले ह्विलचियर माग गरेका छन् । नगरपालिकाले यस वर्ष ५० वटा ह्विलचियर खरिद गरेर वितरण गर्ने तयारी गरेको महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहले बताउनुभयो । “माग धेरै आएको छ । हामीले ५० वटामात्र खरिद गरेका छौँ”, उनले भने, “अति आवश्यक भएकालाई यस वर्ष दिने र बाँकीलाई अर्को वर्ष बाँड्ने गरी काम गर्दैछौँ ।”

नगरपालिकामा नौ सय ८४ जनाले अपाङ्गता परिचयपत्र बनाएका छन् । पूर्ण अशक्तहरू सामाजिक सुरक्षा भत्तामा समावेश छन् । पालिकाले अपाङ्गता भएकाहरूलाई विभिन्न तालिम, सहायता सामग्री सहयोग जस्ता कार्य गर्दै आएको शाह बताउँछन् । “हामीले उहाँहरूसँग छलफल गरी विभिन्न खाले तालिम, कार्यक्रम गर्दै आएका छौँ”, उनले भने, “यतिखेर आगामी वर्षका योजना छनोटका लागि प्रक्रिया सुरु गरेकाले अपाङ्गता भएकाहरूका समस्या समाधानका लागि योजना ल्याउन उहाँहरूसँग छलफल थालेका छौँ ।”

Previous Post

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

Next Post

दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In