विभिन्न सरुवा तथा मौसमी रोगबाट शरीरको रोगप्रतिरोधक क्षमता अर्थात् इम्युनिटी पनि बलियो हुनु जरूरी छ । इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी हो । यसलाई नियमित खाँदा रोगबाट लड्नका लागि इम्युनिटी बढ्छ ।
– अध्ययनहरूमा देखिएअनुसार सजिउनमा सुन्तलाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीनगुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ । अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ ।
– यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ ।
– यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, पोटासियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ ।
– सजिउन पेटका लागि आयुर्वेदिक औषधि जस्तै हो । हैजा, पखाला, जन्डिस लगायतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पिउँदा आराम हुन्छ ।
– सजिउनको पातको धूलो मुटुरोगीहरूका लागि लाभदायक हुन्छ र यसले क्यान्सर लाग्न पनि दिँदैन । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ ।
– यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कुपोषण हुन पनि दिँदैन ।












