प्रेमीः हैन तिमीले यो मिनिस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीकाः अहँ, गर्नुहुन्न तर आमाले चाहिँ साह्रै गाली गर्नुहुन्छ ।
प्रेमीः बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन त्यति धेरै गाली गर्ने नि ?
प्रेमीकाः आमा आफ्नो लुगा अरुले लगाएको मनै पराउनुहुन्न ।
अब भागौँ
एउटा बच्चा धेरै बेरदेखि एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढाः बाबु तिमी के गर्दै छौ ?
बच्चाः अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढाः (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिएँ, अब के गर्नु ?
बच्चाः अब भागौँ….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












