काठमाडौं । आयरल्याण्डको ‘डेटा प्रोटेक्सन कमिसन’ ले फेसबुकलाई ६४ करोड ८० लाख डलर ( ८४ अर्ब ८८ करोड ८० लाख रुपैयाँ) बढी जरिवाना तिराउने भएको छ ।
युरोपेली संघ ९ईयू० को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन ९जीडीपीआर०’ विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिवाना तोकेको द गार्डियनले उल्लेख गरेको छ । कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध लगाएको छ । यो जरिवानाले जीडीपीआरको उल्लंघनको जरिबानामा नयाँ रेकर्ड राख्नेछ । यसअघि २०२१ मा लक्जमबर्गले एमेजनलाई ६४८ मिलियन डलरको जरिवाना तिराएको थियो ।
आयरल्याण्डको उक्त कमिसन ‘ईयू’ भर फेसबुक र यसको ‘प्यारेन्ट कम्पनी’ मेटाको लागि प्रमुख गोपनीयता नियामक संस्था हो । कमिसनले युरोपेली प्रयोगकर्ताहरूको डेटा अमेरिका ‘ट्रान्सफर’ गर्न रोक्ने अपेक्षा पनि गरिएको छ । यद्यपि, यो निर्णय तत्काल लागू हुने सम्भावना कम छ । मेटालाई निर्णयको पालना गर्न केही समय दिइने अपेक्षा गरिएको छ । जसकारण निर्णयको लागू हुने समय शरद ऋतुसम्म धकेलिन सक्छ । त्यस्तै, कम्पनीले यस निर्णयविरुद्ध अपिल गर्ने अपेक्षा पनि गरिएको छ ।
फेसबुकलगायत अनलाइन सर्भिसहरुले ‘स्ट्यान्डर्ड कन्ट्र्याक्चुअ क्लजेज ९एससीसी०’ को आधारमा डेटा ‘ट्रान्सफर’ गर्दै आएका छन् । २०२० मा मेटाका नीति विभाग प्रमुख निक क्लेगले ‘डेटा ट्रान्सफर’ रोक्नुपर्ने अवस्था आएमा यसको असर एससीसीमा आधारित रहेका धेरै ठूला व्यवसायहरुमा पर्ने बताएका थिए ।
मेटाले एससीसी वा अन्य कुनै ‘डेटा ट्रान्सफर’को संयन्त्र बिना कम्पनीले ईयूमा फेसबुक र इन्स्टाग्रामलगायतका केही महत्वपूर्ण सेवाहरु उपलब्ध गराउन नसक्ने आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको थियो । एजेन्सीआयोजित दुई दिने तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए ।
तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताए । उनले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताए ।
वडा नं २ का वडाध्यक्ष हस्तमान लामाले पहिलेको तुलनामा वर्तमान समयमा महिला निकै असुरक्षित हुँदै गरेकाले प्रतिरक्षा तालिमले महिलामा आत्मविश्वास बढ्दै जाने बताए । गाउँपालिकाको वडा नं १, २ र ३ का सामुदायिक विद्यालयका छात्राले तालिममा भाग लिएका थिए । छात्रालाई रुपा थापा र निर्मला राउतले प्रतिरक्षा प्रशिक्षण दिएका हुन् ।
यसैबीच प्रहरीले तीन दिनमा अवैध धन्दामा प्रयोग भएका आठ नाबालिकको बनेपास्थित होटल तथा क्याफेबाट उद्धार गरेको छ । ललाइफकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको आरोपमा बनेपा–१० मा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घर सञ्चालक ४२ वर्षको लालमान तितुङ र कामदार २० वर्षीय श्याम लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उक्त गेष्ट हाउसबाट पाँच नावालिक तथा किशोरीलाई उद्धार गरिएको हो ।
यस्तै बनेपा–८ मा सञ्चालित लामा क्याफेबाट पनि कामको बहानामा अवैध धन्दा गराउन बाध्य पारिएका तीन किशोरीको उद्धार गरिएको प्रहरीले जनायो । क्याफे सञ्चालक रोशी–६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका किशोरीलाई हाल सुरक्षित राखी पुनःस्थापना केन्द्र पठाइने वा घर फर्काइने विषयमा थप अनुसन्धान तथा छलफल भइरहेको छ । पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसरपसार ९नियन्त्रण० ऐन, २०६४ बमोजिम कारबाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












