• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा

by
८ जेष्ठ २०८०,
0
बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बीमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ । “लगातार छ वर्षदेखि स्वास्थ्य बीमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकम नै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउँदा निकै राहत महसुस भयो”, आचार्यले भने “स्वास्थ्य बीमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बीमा गर्न आवश्यक छ भनेर आफैँले समेत अरुलाई भन्ने गरेको छु ।”

बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्यसेवा विस्तारसँगै स्वास्थ्य बीमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बीमाले निकै सजिलो भएको बीमाकर्ताहरू बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन सय जना स्वास्थ्य बीमा गरेका बिमितहरू सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआई र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बीमाबाटै रिफर गर्दै आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्यामा क्रमशः बढ्दै गएको छ । स्वास्थ्य बीमाबाट बिमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बीमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरूपमा वृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बीमाको पहुँचमा आइसकेको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ ।

बागलुङ जिल्लामा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड बागलुङका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिए । गत वर्षको तुलनामा यसवर्ष स्वास्थ्य बीमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ ।

बागलुङ जिल्लामा ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बीमामा आबद्ध भइसकेको र सबैभन्दा बढी बीमा बागलुङ नगरपालिकामा भएको जिसीले बताए । “विपन्न समुदायका लागि स्वास्थ्य बीमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बीमा नवीकरण गर्ने गरेका छन् भने केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्”, जिसीले भने “बीमाबाट सेवा पाएकाले अन्यलाई समेत बीमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बीमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ ।” यो वर्ष स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु-याउने स्वास्थ्य बीमा गर्ने योजना रहेको छ ।

बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बीमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बीमा गराउन थालेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बीमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेको देखिन्छ ।

जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन् । बडिगाड गाउँपालिकाले अति विपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएकालाई निःशुल्क बीमा गर्न थालेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । बीमा कार्यक्रममा सहभागी गराउनका लागि जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ ।

स्वास्थ्य बीमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्राविधिक स्वास्थ्य केन्द्र, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा विन्दुको रूपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए ।

धौलागिरि अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका बिमित सदस्य आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए । ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बीमाको फाइदाको विषयमा जानकारी हुन नसक्दा उनीहरू बिमित हुन नसकेको स्वास्थ्य बीमा बोर्डको भनाइ छ ।

पाँच जनाको परिवारले रु तीन हजार ५०० सय तिरेमा एक वर्ष सम्मका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नुपर्दैन । यदि परिवारमा थप सङ्ख्या भए एकजना बराबर सात सय थप गर्नुपर्छ । बीमा कार्यक्रममा ज्येष्ठ नागरिक, अति गरिब परिवार, एचआइभि एड्स सङ्क्रमित र द्वन्द्वपीडितलाई परिचयपत्रको आधारमा निःशुल्क बीमा गर्ने गरिएको छ ।

Previous Post

छात्रालाई ‘प्रतिरक्षा’ तालिम, आठ किशोरीको उद्धार

Next Post

संघीय संसदको प्रतिनिधिसभामा विद्युतीय हाजिरी सुरु

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
संघीय संसदको प्रतिनिधिसभामा विद्युतीय हाजिरी सुरु

संघीय संसदको प्रतिनिधिसभामा विद्युतीय हाजिरी सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In