• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लेक चड्न थाले भेंडी गोठ

by
८ जेष्ठ २०८०,
0
लेक चड्न थाले भेंडी गोठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्छन् ।

बागलुङ निसीखोला, ढोरपाटन, तमानखोला, ताराखोला र गलकोटको माथिल्लो क्षेत्रमा बढी भेडाबाख्रा पालन हुने हुँदा गोठाला हप्तौँको यात्रा गरेर बुकी पुग्ने गर्छन् । बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् । असारको दोस्रो सातासम्म तमानखोलाको सोलेडाँडा, बागलुङ, पूर्वी रुकुम र रोल्पाका सिमाना पातीहाल्ने क्षेत्रमा बिताउने र त्यसपछि बुकी चढ्ने गर्छ । मध्य असारसम्म बुकीमा प्रसस्तघाँस नपलाउने हुँदा त्यस बेलासम्म बस्तीभन्दा माथिल्लो जङ्गलमा डेढ महिना भेडाबाख्रा चराउने गरिन्छ ।

अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ बेला मात्रै बेसी झर्ने गर्छन् । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने गर्छन् । यति बेला उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन बोकेर जाने गर्छन् । बर्खामा लेक र हिउँदमा बेसी गर्ने भेडागोठाले कात्तिक लागेपछि भेडा बेच्न बजारसम्म पुग्ने गर्छन् । अहिले सडकको पहुँचले गर्दा व्यापारी गोठमै पनि भेडा खरिद गर्न पुग्छन् । पहिले दुई साता हिँडेर भेडा बेच्न बजार झर्ने गरेको भेडापालक कृष्णबहादुर घर्तीमगरले बताए । लेकमा घाँस पलाएर भेडाबाख्राले खाने हुन थालेपछि लेक लैजान थालेको उनको भनाइ छ ।

‘यसपालि त बर्खा नलाग्दै ठूलो पानी पर्‍यो, त्यसले गर्दा लेकमा घाँस पलाएरका छन्, बेसीमा घाँस सकियो, यहाँ पाल्न सकिँदैन, त्यही भएर लेकतिर लागेका छौँ, पहिले–पहिले असार लाग्ने बेला जान्थ्यो, यो वर्ष दुई साता पहिलै लेक जाँदैछौँ’, घर्तीमगरले भने, ‘अहिले लेक चडेपछि आउने त अब दसैँतिर मान्न हो, त्यस बेलासम्म परिवारसँग सँगै बस्न पाइँदैन, ज्यानलाई सञ्चो भएन भने, घरका केही प¥यो भने मात्रै झर्ने हो नत्र एकै पटक असोज, कात्तिकमा आउने हो ।’

तमानखोला गाउँपालिका–५ का भेडापालक देवबहादुर विकले अहिले आफूहरु तीन हजार दुईको उचाइमा रहेको जनाउँदै अब केही दिनमै चार हजार दुई सय मिटरको उचाइसम्म भेडा लिएर जाने बताए । गर्मी मौसममा भेडा औलमा बस्दा बिरामी पर्ने भएकाले गोठ माथिल्लो क्षेत्रतिर सार्न थालिएको उनको भनाइ छ । हिउँदमा माथिल्लो क्षेत्रमा अत्यधिक चिसो हुने र भेडाले चिसो सहन नसक्ने हुँदा बेँसी झार्ने गरेको बताउँछन् । भेडीगोठ यतिबेला तिलाचन, पाती हाल्ने शैलुङ, तल्लो फागुनेतिर लैजान सुरु भएको छ ।

उनी भन्छन्, ‘हामीहरु लेक बेँसी गर्न थालेको चालिसौँ वर्षभन्दा बढी भयो, भेडा नपाली खान लाउन पुग्दै, यही बेचेर परिवार चलाउँदै आएका छौँ, काम त गर्नै पर्‍यो जे गरे पनि, लाहुर जान सकिएन, पढ्न पाइएन, पढेको भए जागिर खाइन्थ्यो होला, हाम्रो पालामा पढ्ने लेख्ने चलन पनि थिएन, यसैगरी जिन्दगी बित्न थाल्यो, यहाँको वनपाखा सबै थाहा छ, म हरेक कुनामा पुगेको छु ।’

उनले नयाँ युवा पुस्ताले भेडापालनमा चासो नदिँदा पहिलेको जस्तो चहलपहल नभएको बताए । यसले गर्दा परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन थालेको गुनासो गरे । पहिले बुकीमा बीसौँ हजार भेडाबाख्रा हुने गरेको भन्दै अहिले निकै कम भएको विकको भनाइ छ । भेडाबाख्रा पाल्नेले पनि जङ्गलमा नलगी खोरमै बाँधेर पाल्ने गरेको उनले बताए । पश्चिम बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि भेडापालनमा स्थानीयको चासो उत्तिकै देखिन्छ । भेडापालक कृषकले रहेक वर्ष चार लाखदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

बझाङ हिमपहिरोः बेपत्ता थप दुई महिलाको शव भेटियो

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
बझाङ हिमपहिरोः बेपत्ता थप दुई महिलाको शव भेटियो

बझाङ हिमपहिरोः बेपत्ता थप दुई महिलाको शव भेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In