• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ नाका सुनसान, ब्यापारीहरुमा निराषा

by
८ जेष्ठ २०८०,
0
चिनको अघोषीत नाकाबन्दी, सुनसान छ तातोपानी नाका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – साढे ३ वर्षअघि आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङले चीन र नेपालबीच बहुआयामिक सम्पर्क सञ्जाल निर्माणमा जोड दिने बताए । उनको यो अभिव्यक्तिपछि नेपाली व्यवसायीमाझ केही उत्साह जगाएको थियो ।

विशेषगरी भूकम्पयता चीनसँगका सबै नाका ठप्पप्रायः हुँदा ठूला व्यवसायीमात्र नभएर सीमानजिकका साना पसल व्यवसाय गर्ने पनि संकटमा परेका थिए । चीनसँगको नाकानजिकका सधैं गुल्जार हुने बजार सुनसान भएका थिए । चिनियाँ राष्ट्रपतिको त्यो अभिव्यक्ति नाकाहरु पुरानै अवस्थामा फर्किने अपेक्षा गरे पनि अवस्था ज्यूँका त्यूँ रहँदा व्यवसायी निराश बनेका छन् ।

नेपाल र चीनबीच १४ सय १४ किलोमिटर लामो सीमारेखा छ, जहाँ विशेषगरी ६ वटा नाका सञ्चालनमा छन् । रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको हिल्सा, मुस्ताङको कोरला, संखुवासभाको किमाथाङका र ताप्लेजुङको ओलाङचुङगोला (टिप्ताला) ।

तर, यथार्थमा भने रसुवागढी र तातोपानी मात्र आंशिक रुपमा सञ्चालनमा छन् । यीसहित चीनसँगका सबै नाका ८ वर्षयता ठप्पप्रायः छन् । चीनले विभिन्न कारण देखाउँदै अघोषित ‘नाकाबन्दी’ लगाउँदा त्यहाँबाट सामान आयात गर्ने ठूला व्यवसायी धराशयी बनेका छन् ।

कुनै बेला चहलपहल हुने तातोपानी बजार ८ वर्षयता सुनसान छ । भूकम्पपछि चीनले नाका बन्द र आवतजावत रोकेपछि यहाँका व्यवसायी विस्थापित नै हुनुपरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले पर्दाफासलाई बताए । ‘भूकम्पअघि नाका सञ्चालनमा थियो । आन्तरिक पर्यटक पनि तातोपानी नुहाउन, खासा घुम्न र सीमावर्ती बजारमा सस्तोमा सामान किन्न भन्दै आउँथे । अहिले सबै ठप्प भएको छ । व्यवसायीहरु पलायन भएर कोही विदेश गएका छन्, कोही काठमाडौं छिरेका छन्,’ उनले भने ।

तातोपानीलाई चीनका सहरसँग जोड्ने छोटो नाकाको रुपमा चिनिन्छ । त्यहाँबाट खासा बोर्डरसम्म सामान आउन ८–१० दिन लाग्छ भने काठमाडौंसम्म आइपुग्न थप ३–४ दिन लाग्छ । तर, त्यही सामान भारतका बन्दरगाह हुँदै ल्याउन महिनौं लाग्छ । अध्यक्ष बस्नेतले नाका पूर्णरुपमा सञ्चालन नहुँदा करिब दुई हजार आसपासका ट्रक चालक, सहचालक, तातोपानीका हजारौं व्यवसायीको रोजगारी गुमेको छ । नाकालाई पूर्णरुपमा र दुईतर्फी सञ्चालन गर्न संघले बेलाबेलामा ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । गत १८ वैशाख नाका सञ्चालन सहज रुपमा हुने जनाइए पनि अवस्था फेरि उस्तै रहेको अध्यक्ष बस्नेतले बताए ।

चीनसँगको अर्को प्रमुख नाका रसुवागढीको अवस्था पनि तातोपानीको भन्दा फरक छैन । नाका नजिकको बजार रसुवागढीको अवस्था सुध्रिन नसकेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष केसाङ निर्पु तामाङले बताए । ‘भूकम्पअघि रसुवागढीमा निकै चहलपहल भयो, बीचमा नाकामा भएको अवरोधले यसको बजार र व्यवसायमा पनि असर पुग्यो,’ उनले भने, ‘अहिले नाका सञ्चालनले केही सहज भए पनि अवस्थामा सुधार हुन सकेको छैन । पहिले रसुवागढीमा राखिने मालवाहक कन्टेरन केरुङतर्फ राखिने गरिएको छ । त्यसैले यहाँको व्यवसाय उठ्न सकेको छैन ।’

Previous Post

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

महालक्ष्मी विकास बैंक लि. को २९ औँ वार्षिकोत्सव सम्पन्न

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
महालक्ष्मी विकास बैंक लि. को २९ औँ वार्षिकोत्सव सम्पन्न

महालक्ष्मी विकास बैंक लि. को २९ औँ वार्षिकोत्सव सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In