पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भटुटानी शरणार्थी प्रकरण छानविन गरी दोषीमाथि कानूनी कारवाही गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी कास्कीद्धारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो– ‘शरणार्थी काण्डको छानविन गर्न सजिलो होस भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौ, काँग्रेसले पनि पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई संरक्षण गरेर राख्न हुँदैन, छानविनका लागि प्रहरीलाई सजिलो बनाइदिनु पर्छ ।’
‘भुटानी शरणर्थी प्रकरणमा जतिसुकै ठूला नेता भएपनि छाड्न हुदैन्, संगठित रुपमा मानव तस्करीमा लागेर करोडौं भ्रष्टाचार गर्नु भनेको देश र जनता प्रतिको जगन्य अपराध हो, नेता ज्ञवालीले भन्नुभयो–नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अपराधिक कार्यगर्ने जो सुकैले पनि उन्मुक्ति पाउनु हुँदैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उहाँले ठूला राजनीतिक दल एकै ठाँउमा उभिएर लोकतन्त्रको रक्षा अर्न आवश्यक रहेको औल्याँउनुभयो । ‘देशमा राजनीतिक संकट उत्पन्न भएको अवस्थामा लोकतान्त्रिक पार्टी एक हुनुको विकल्प छैन, उहाँले भन्नुभयो– पछिल्लो समय देशको पूर्वी कोशी प्रदेशको नामाकरणमा जातीय गन्ध आइरहेको छ ।
नक्कली भुटानी शरणार्थी, वाइडवढी, एनसेल, लडाकु काण्ड लगायतको काण्डको छानविन गरी दोषीमाथि कडा कारवाहीको माग समेत उहाँले गर्नुभयो । पछिल्लो समय देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदे उहाँले देशको अर्थतन्त्र विग्रनुमा डेढवर्षयता गठबन्धन सरकारले विचौलीया प्रयोग गरेर अर्थतन्त्रलाई कमजोर पारेको बताउनुभयो । नेपालको अर्थतन्त्र विग्रनुमा र्को कारण भूकम्प, नाकाबन्दी, कोरोना र फान्स र युक्रेन युद्ध पनि रहेको भनाई उहाँको छ ।
शान्तिप्रतिको आफ्नो प्रतिवद्धता नगुमाएको नेपाल पछिल्लो समय दुई छिमेकी राष्ट्रसँगको सम्बन्ध समेत सरकारले बिगारेको र वाह्य शक्ति राष्ट्रहरुले समेत नेपालमा चलखेल गरिरहेको आरोप नेता ज्ञवालीको छ ।
सरकार ढलाउने खेलमा एमाले नरहेको बताउँदै उहाँले अबको एक वर्ष एमाले गाउँगाउँसम्म पार्टी संगठनलाई सुदृढ गर्दै अगाडि वढ्ने बताउनुभयो । स्वार्थको गठबन्धनबाट बनेको सरकारमा सम्लग्न पार्टीबीच टकराब सुरु भएपछि सरकार आफै ढल्ने भनाई उहाँको छ । ‘सरकार केही महिनापछि आफै ढल्छ, एमालेले ढाँल्नै पर्दैन, उहाँले भन्नुभयो–गत उपनिर्वाचनको पाठ सिक्दै एमाले जनस्तरबाट नै पार्टीलाई सुदृढिकरणका साथै बैचारिक तथा संगठनात्मक रुपमा अगाडि बढाउने अभियानका लागेको भनाई उहाँको छ ।













