माकुराको जालो बुन्ने धागो त्यसको आमाशयमा रहेका विशेष ग्रन्थीहरुमा उत्पादन हुन्छ । यो एक विशेष प्रकारको तरल रसायन हो । ती ग्रन्थीहरुमा उत्पादन भएको धागो स–साना प्वालहरु भएर आमाशयको पुछारमा रहेको जालो बुन्ने अंगसम्म आइपुग्छ ।
माकुराको जालो बुन्ने यो धागो सुरुमा तरल रुपमा रहेको हुन्छ । जालो बुन्ने क्रममा हावाको सम्पर्कमा आएपछि सुकेर यो ठोस बन्न पुग्छ । साथै, माकुरोले आफ्नो उक्त अंगमा रहेको तरल पदार्थलाई थिचेर वा निचोरेर हैन, खुट्टाको सहायताले तानेर धागो निकाल्ने गर्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट












