• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चिनियाँ ऋणले पोखरा विमानस्थल समस्यामा, ब्याज तिर्नै कठिन

by
४ जेष्ठ २०८०,
0
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७१ मा अघि सारेको अवधारणा अनुरुप तय भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसपछिको ५ दशकमा विभिन्न संकट र संर्घषबाट गुज्रिदै गत जनवरी १ मा उद्घाटन भई सञ्चालन भइरहेको छ । तर नियमित सञ्चालनको ३ महिनामै थुप्रिएको ऋणका कारण नेपाल समस्यामा परेको छ ।

विमानस्थल निर्माणका लागि भनेर सन् २०१६ को मार्चमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बेईजिङमा, २१५ दशमलव ९६ मिलियन डलर सफ्ट लोन सम्झौता भएको थियो । सम्झौतामा, २५ प्रतिशत रकम एक्जिम बैंकले व्याज बापतको रकमका रुपमा कटौती गरेर ७५ प्रतिशत मात्र ऋण लगानी गर्ने भनिएको थियो ।

सम्झौता अनुरुप २ प्रतिशत बार्षिक ब्याज विमानस्थलको कमाईले २० वर्ष भित्र तिरिसक्नुपर्ने भनिएको छ । जो सम्झौतापत्रमा ५ प्रतिशत देखिएको छ । यसरी ब्याज सहितको चर्काे ऋण आफ्नो कमाइले तिर्न पोखरा विमानस्थलले सयौं वर्षमा पनि नसक्ने विज्ञहरु बताउँछन् ।

सुरुमा, २२ वटा कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा टेण्डर हालेर बनाउने भनिएकोमा एक्जीम बैंक चीनको रणनीति अनुसार ३ वटा कम्पनी मात्रै प्रतिस्पर्धामा छानिएका थिए । जसमा चिनियाँ कम्पनी सिनो हाईड्रोले करीब ३ सय ३८ मिलियन डलर, सि.ए.एम.जी. कम्पनीले ३ सय ५ मिलियन डलर र अर्काे चिनियाँ कम्पनीको करीब ३ सय ५० मियलन डलरको टेण्डर हालेको थियो ।

यसरी अत्यन्तै महंगोमा रकममा भरिएको टेण्डर मध्ये ३ सय ५ मिलियन डलरको प्रस्ताव नै कम देखियो । तर २०४५ सालमा तत्कालिन राजा विरेन्द्र सामु जाईकाले विमानस्थल बनाउन दुई चरणमा काम गर्दा अधिकतम ८५ मिलियन डलर लाग्ने प्रस्ताव गरेको थियो । जस अनुसार अहिलेको महंगी र मुल्यको तुलनामा यो १३२ मिलियन डलरमा बन्नु पर्ने कतिपयको अनुमान छ । तर यो विमानस्थल निर्माणमा ३०५ मिलियन डलर खर्च भयो ।

बन्दै महंगोमा बनेको विमानस्थलको प्रकरण यतिमात्रैमा सकिँदैन । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रि विमानस्थलका प्रमुख विक्रमराज गौतमका अनुसार विमानस्थलले आफ्नो कमाईले चीनबाट लिएको ऋण तिर्न सकिरहेको छैन ।

तत्कालिन राजा विरेन्द्र शाहले अघि सारेको अवधारणामा तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइरालाको पालामा सम्झौता भएर, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ऋण लिएर वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा यो विमानस्थल सञ्चालनमा आएको छ । तर चीनले पूर्वाधार निर्माण गर्न भन्दै जुनजुन देशलाई ऋण दिएको छ त्यही पुर्वाधारलाई चीनले हत्याउने गरेको उदाहरणका कारण पोखरा विमानस्थल पनि हत्याउने त होइन भन्ने त्रास बढेको छ ।

यता सन् २०२२ को डिसेम्बर अन्तिममा नेपालस्थित चिनियाँ राजदुतावासले आफ्नो आधिकारिक पेजमा यो विमानस्थल विआरआई प्रोजेक्ट अन्तर्गत निर्माण भएको दावी गरेको थियो । तर नेपालले भने यो विमानस्थल बीआरआई अन्तर्गतको परियोजना नभएको दाबी गर्दै आएको छ ।

यसरी ऋण सहायता लिँदा, हस्ताक्षर गर्दा, हस्तान्तरण गर्दा बिआराइ अन्तर्गतको आयोजना नभनिएको विमानस्थललाई दुतावासले बिआराई भन्दा चीनको आर्थिक सहयोगमा बनेको पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थलको ऋणको किचलो डरलाग्दो हुने अनुमान गरिएको छ ।

गतवर्ष ११ करोड ५९ लाख आम्दानी गरेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनेयता आम्दानी निराशाजनक छ । चीनको ऋण तिर्न नयाँ एअरपोर्टले बार्षिक करिब साढे ११ मिलियन डलर रुपैयाँ कमाउनु पर्ने हुन्छ ।

त्यसमाथि सुरुमा बार्षिक २ प्रतिशत व्याजमा भनेर गरिएको लगानीलाई चिनले बेल्ट एण्ड रोड ईनिसियटीभ प्रोजेक्टका रुपमा व्याख्या गर्दा ऋण सम्झौता अनुसार एक्जिम बैंकले राखेको ७ वर्ष ग्रेस पिरेड मार्च अन्तिमबाट सकिन्छ । अर्थात अबको १३ वर्षमा चीनले दिएको ऋणको साँवा व्याज दुबै तिरिसक्नु पर्ने हुन्छ । यसरी अहिले नै पोखरा विमानस्थलमा ऋणको बोझ भयानक हुने देखिएको छ ।

अहिलेसम्मको एअर ट्राफिक र अन्तर्राष्ट्रिय वायु सेवाको आकर्षण हेर्दा ऋण तिर्न सक्ने गरीको आम्दानी हुन छाँटकाट देखिएको छैन । तर नेपाल नागरिक उड्डयन प्राधिकरण भने विमानस्थल सञ्चालनमा आएको दुई दशकपछि मात्र यसको मुल्यांकन हुनुपर्ने तर्क गर्छ ।

सन् २०१० मा चीनले श्रीलंकामा पनि यसैगरी बन्दरगाहमा साढे १ मिलियन डलर लगानी गरेको थियो । तर बन्दरगाह नचल्दा श्रीलंकाले ऋणको साँवा व्याज नै तिर्न सकेन जसका कारण सो बन्दरगाह चीनले ९९ सय वर्षका लागि लिएको छ । यतिमात्र होइन, श्रीलंकाको मट्टा राजपक्ष विमानस्थल, पाकिस्तानको ग्वाद्रा बन्दरगाह, मोन्टेन्याग्रोको विशाल हाई वे, माल्दिभ्सको चाईना फ्रेन्डसीप ब्रिज, केन्याको नौरवी मोम्वाष्ट पोर्ट रेलवेमा चीनले अर्वौं ऋण लगानी गर्याे र त्यसको ऋण तिर्न नसकेपछि ति सबैमा कव्जा गरेको छ । विमानस्थलले मासिक ३ दशमलव २ मिलियन डलर व्याज तिर्नुपर्नेमा त्यो सम्भव देखिँदैन । जसका कारण पोखराको नयाँ विमानस्थल ख्यालख्यालमै ऋणको पासोमा फसेको शंका उब्जिएको छ ।

पोखरा विमानस्थल निर्माणमा भएको ऋण लगानीबाट मुक्त हुन नेपाललाई सजिलो छैन । ५ दशक लामो संर्घष र सपनाबाट भर्खर सञ्चालनमा आएको पोखराको क्षेत्रिय अन्र्तराष्ट्रिय रंगशालाको ऋण सय बर्षमा पनि तिर्न नसकिने विज्ञहरु बताउँछन् ।

नेपाललाई ऋण दिन धेरै राष्ट्र र दातृ संस्थाहरु डराउँदैनन् । जसका कारण नेपाल ऋणै ऋणको गलपासोमा फस्दै गएको छ । पछिल्लो समय पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थल बनाउन चीनले दिएको ऋण पनि नेपालकालागी टाउको दुखाईको बिषय बनेको छ । पोखरा विमानस्थलको कमाईले चीनबाट लिएको ऋण तिर्न सकिरहेको छैन । यसले अन्य देशमा जस्तै नेपालमा बनेको विमानस्थल पनि चीनले हत्याउने त होइन भन्ने त्रास बढेको छ ।

Previous Post

रोचक तथ्यः नर्तकी रुख !

Next Post

स्थानीय तहका उम्मेदवारले मागे जरिवाना फिर्ता

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
८२ वटा दलले बुझाएनन् निर्वाचन आयोगमा आय व्ययको हिसाव

स्थानीय तहका उम्मेदवारले मागे जरिवाना फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In