१. पृथ्वीनारायण शाहको निधन कहिले भएको थियो ?
– १८३१ माघ १ ।
२. भक्तपुरको ५५ झ्याले दरबार कसले निर्माण गरेका थिए ?
– भूपतीन्द्र मल्ल
३. नेपालमा अँग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ?
– जङ्गबहादुर राणा
४. पृथ्वीनारायण शाहले भारद्वाज गोत्र त्याग गरी कुन गोत्र धारण गरेका थिए ?
– कश्यप
५. जंगबहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधि पाएका थिए ?
– वि.सं. १९०५
६. ‘जय नेपाल’ भनी प्रथम पटक नारा लगाउने व्यक्ति को थिए ?
— शुक्रराज शास्त्री
७. नेपालको पहिलो कलेज कुन हो ?
— त्रिचन्द्र कलेज
८. सुगौली सन्धिमा कति धारा छन् ?
– ९ धारा
९. लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ?
– पाली
१०. श्री ५ राजेन्द्रले कसलाई कलाबहादुरको उपाधि दिएका थिए ?
– माथवरसिंह थापा
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












