• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल सम्पन्न

by
१ जेष्ठ २०८०,
0
इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – लगानी बोर्ड नेपाल र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक पत्रकार समाज–नेपाल (सेजन) को सहकार्यमा ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’को आयोजना गरेको छ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक र सामाजिक विकासका लागि आवश्यक पर्ने नवीनतम वित्तीय उपकरण र उपाय प्रस्तुत गर्ने र कानुनी, निजी लगानी प्रवर्द्धन, सहजीकरण र प्रोत्साहन गर्न संस्थागत र प्रक्रियागत सुधार गर्न यस किसिमको सम्मेलन उपलब्धिमूलक रहेको बताए। सम्मेलनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीले उपलब्ध गराएका सुझावलाई आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा समावेश गर्न सकिने भएकाले सम्मेलन समयसापेक्ष भएको प्रधानमन्त्री दाहालले बताए।

सम्मेलनमा वरिष्ठ सचिवहरु, सरकारी अधिकारीहरु, कूटनीतिज्ञहरु, विकास साझेदारहरु, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरुका वरिष्ठ प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ता र शिक्षाविद्हरुको सहभागिता थियो। कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्ट, काठमाण्डौ विश्वविद्यालयका रजिस्ट्रार प्राडा अच्युत वाग्ले, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदार, स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेका वरिष्ठ दिगोपन सल्लाहकार डा जोन मर्टन, र सेजनका अध्यक्ष जनार्दन बरालले सम्बोधन गरेका थिए।

अर्थमन्त्री महतले लगानीका अतिरिक्त स्रोत परिचालनका लागि आवश्यक पर्ने नयाँ वित्तीय साधनको महत्वमा जोड दिँदै विद्यमान संरचना र व्यवस्थामा उपलब्ध स्रोतसाधनलाई ‘रिप्याकिङ’ गरेर मात्रै हुँदैन भन्ने धारणा राखे। उनले देशका लागि कुनै डिफल्ट, स्वस्थ ऋण प्रोफाइल, एक जनसांख्यिकीय लाभांश र डिजिटल प्रवेशलगायतका महत्वपूर्ण पक्ष रहेका बेला नेपालका लागि सकारात्मक बृहत् आर्थिक कथाहरु निर्माण गर्ने महत्वमा ध्यान केन्द्रित गरे।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त स्रोतको मिश्रणले आयोजनाको प्रतिफल बढ्ने र लगानीकर्ताले अवसरको लागतमा उचित क्षतिपूर्ति पाउन सक्ने धारणा राखे।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तिदारले भने, ‘दिगो फाइनान्सले नेपाललाई थप दिगो र न्यून कार्बन उत्सर्जन गर्न आवश्यक रकम र सहयोग प्रदान गरी नवीकरणीय ऊर्जाको सम्भावनालाई भविष्यमा सदुपयोग गर्न मद्दत पुग्न सक्छ। हामीले दिगो लगानीलाई गति दिनुपर्छ र नेपालमा यसको दायरा बढाउनुपर्छ।’

त्यस्तै प्राडा अच्युत वाग्लेले सार्वजनिक वित्तका आफ्नै सीमितता भएकाले नेपालको महत्वाकांक्षी विकास लक्ष्य हासिल गर्न नयाँ वित्तीय साधनको खोजी र प्रयोगमा जोड दिए।

सम्मेलनमा लगानीको समष्टिगत अर्थशास्त्र, नेपालमा लगानीसम्बन्धी कानुनी, संस्थागत र कार्यान्वयन व्यवस्था, स्रोत परिचालन र अवरोध रोकथामका औजार र वित्तीय क्षेत्रका बारेमा प्राविधिक सत्रहरु सञ्चालन गरिएको थियो।

सम्मेलनको समापनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक बजेट र मौद्रिक नीति तर्जुमा गर्न यो सम्मेलन उपयोगी हुने धारणा राखेका थिए।

Previous Post

डडेल्धुरामा पखालाः एक जनाको मृत्यु, एक सय ४८ बिरामी

Next Post

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In