भोलि सुख पाउँछु भन्ने अपेक्षा छ भने कहिल्यै पनि लोभबाट मुक्त हुन कठिन छ । लोभका धेरै प्रकार छन्– लोक परलोकको केही पनि कामना लोभ हो । यिनीमध्ये धनको लोभ, तनको मोह वैकुण्ठधाम आदिको कामना ज्यादै बाधक हुन् । प्रत्येक क्षण पूर्ण बाँच्न सके लोभ आउँदैन ।
माटोबाट घैँटो बन्दछ, माटो नभई घैँटो हुन सक्तैन
परन्तु घैँटो नभए पनि माटो रहन्छ, माटाको आफ्नै स्थिति छ ।
कर्मभन्दा पनि, मनस्थितिको महत्व छ । बाहिरको दृश्यले अन्यलाई प्रभावित पार्न सक्छ परन्तु आत्माको कल्याण गर्न सक्दैन किन्तु मनःस्थितिमा लोभमोह र भोलिको कामना छैन भने जहाँ बसे पनि जे गरे पनि मन बन्धनबाट मुक्त नै रहन्छ । मोह र लोभको बोध आँखाबाट थाहा पाइन्छ । शान्त मनुष्यका नेत्र निर्दोष हुन्छन् । हृदय प्रसन्न रहन्छ । उसका वृत्ति व्यवहारहरू विक्षेप दिँदैनन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












