आजभोलि आलुमिनियम नै भान्सामा अत्यधिक उपयोग हुन्छ । आलुमिनियको भाँडोमा खाना छिट्टो पाक्छ र दोस्रो, यो अरू भाँडोभन्दा सस्तो हुन्छ । आलुमिनियम नून र एसिडको सम्पर्कमा आउनेबित्तिकै पग्लिन थाल्छ र यसको कण खानेकुरामा सजिलै मिसिन्छ ।
र चारदेखि पाँच मिलिग्राम आलुमिनियमको मात्रा प्रत्येक दिन हाम्रो भोजनमा पर्छ र त्यसले भोजनको प्राकृतिक पोषणलाई नष्ट गर्छ । अझ महत्वपूर्ण त, यो धातुलाई हाम्रो शरीरले निकाल्न पनि सक्दैन र अलि अलि गर्दै हाम्रो शरीरमा जम्मा हुन थाल्छ । यसले स्लो पोइजनको काम गर्छ ।
लामो समयसम्म यस्तो भाँडोमा खाना खाँदा यो धातु कलेजो र नर्भस सिस्टममा पस्छ र अनेकौं रोगको कारण बन्छ । दम, पेटको रोग, अल्झाइमर्स, बाथ, मानसिक रोग, क्षयरोग र हाडको रोग पनि यसले गराउँछ । यसले मिर्गौला र मस्तिष्कका कोशिकाहरूमा क्षति पु¥याउँछ । भोजनमा भएको आइरन र क्याल्सियमलाई आलुमिनियमले सजिलै सोसिदिनाले हाड कमजोर हुन्छ ।
आलुमिनियमले बालबालिकाको मानसिक विकासलाई रोकिदिन्छ । उनीहरू मानसिक रूपमा थाक्छन् र खेल्न तथा अरू काम गर्न उनीहरूलाई मन लाग्दैन ।
आलुमिनियमभन्दा फलामको भाँडो ठीक हुन्छ । यसमा खाना पकाउँदा भरपूर आइरन पाइन्छ । तर फलामको भाँडोमा पकाउँदा अमिलो प्रयोग नगर्नुहोला । स्टेनलेस स्टील पनि सुरक्षित भाँडोमा पर्छ ।












