क्वालालम्पुर । विश्व बजारमा पाम आयल को भाउ बढेर प्रतिटन ४ हजार रिंगिटमाथि पुग्ने अनुमान गरिएको छ । एल निनोका कारण यो वर्षको उत्तरार्द्धमा मलेशियाली पाम आयलको भाउ बढेर सो स्तरमा पुग्न सक्ने विश्लेषक दोराम मिष्त्रीले बताएका छन् ।
यो आजको विदेशी मुद्राको विक्री दरका आधारमा करिब १ लाख १८ हजार रुपैयाँ हो । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार १ मलेसियन रिंगिटको विक्री दर २९।४९ रुपैयाँ छ ।
बुधवार मध्याहन्नको कारोबारमा बुस्रा मलेशिया डेरिभेटिभ्स एक्सचेञ्जमा मलेशियाली बेञ्चमार्कको पाम आयल फयूचर्सको मूल्य घटेर प्रतिटन ३ हजार ७४० रिंगिट ९१ लाख १० हजार २९२ रुपैयाँ० मा आएको थियो ।
एल निनोका कारण निम्तने गर्मी अनि सुख्खा मौसमका कारण यो वर्ष प्रमुख पाम आयल उत्पादक देशहरू इन्डोनेशिया र मलेशियाको उत्पादन घटाउने देखिएको छ ।
उत्पादन घटेसँगै विश्व बजारमा तेलको भाउ बढ्ने आँकलन बढेको छ । गएको हप्ता विश्व मौसम विभागले गरेको भविष्यवाणीका अनुसार यो वर्षको मे–जुलाईको बीचमा मौसमको प्रवृत्ति ला लिनाबाट एल निनोमा जानेछ । जुलाईदेखि सेप्टेम्बरको बीचमा यसको सम्भावना बढेर ७० देखि ८० प्रतिशतमा पुग्ने भनिएको थियो ।
विश्वमा गहिरो आर्थिक मन्दी भयो वा ऊर्जाको मूल्य घटेको अवस्थामा बाहेक यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा पाम आयलको भाउ बढ्ने ठोकुवा मिस्त्रीको छ । कृष्ण सागरको निर्यात करिडर खुलै रहिरह्यो भने पाम आयल फयूचर्स ३ हजार ४०० रिंगिटदेखि ४ हजार रिंगिटबीच तलमाथि भइरहने उनको भनाई छ । एजेन्सी












