• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

by
२७ बैशाख २०८०,
0
रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ ।

यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ । विद्यार्थी भर्ना हुन आउने आश्वासन पाएर माथिल्लो निकायमा जानकारी नदिइएको तर शैक्षिकसत्र सुरु भएको महिनाको अन्तिमसम्म पनि विद्यार्थी भर्ना हुन कोही पनि नआएको प्रधानाध्यापक देवबहादुर ठाडाले बताए।

गत शैक्षिकसत्रमा कक्षा १ मा चार, कक्षा २ मा दुई, कक्षा ३ मा चार, कक्षा ४ मा एक, कक्षा ५ मा दुई गरी जम्मा १३ जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ । हाल यहाँ स्थायी दरबन्दीमा एक, करार दरबन्दीमा एक शिक्षक र एक कार्यालय सहयोगी छन् । बसाइँसराइ गरेर अन्यत्र गएपछि गाउँमा बसेर पढ्ने विद्यार्थी छैनन् ।

शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुन लाग्दा विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नभएको खबर सुनेलगत्तै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, शिक्षा अधिकृत विकल काफ्लेलगायतको टोलीले मङ्गलबार अनुगमन
गरेका छन । अनुगमनका क्रममा नगरप्रमुख थापाले विद्यालयमा पढ्ने विद्यार्थी नै नभएपछि तत्काल नजिकको पायक पर्ने विद्यालयमा समायोजन गरेर सञ्चालन गर्ने बताए।

“विद्यालयमा विद्यार्थी भर्ना नभएपछि समयमै हामीलाई सम्बन्धित निकायबाट जानकारी आएन, ढिलो भएपछि आफूले सो जानकारी पाएपछि तत्काल विद्यालय अनुगमन गरेको छु”, उनले भने , “जतिसक्दो चाँडो विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अन्यत्र विद्यालय सामायोजन गर्न विद्यालयलाई ताकेता गरेको छु ।”

रामपुर नगरपालिकाभित्र कम्तीमा २० विद्यार्थी सङ्ख्या भएको विद्यालयमा न्यूनतम दुई शिक्षक दरबन्दी व्यवस्था गरिएको र विद्यार्थी नै नभएपछि यसै वडाको छिमेकी विद्यालय सीता माध्यमिक विद्यालय समायोजन गर्ने तयारी गर्न विद्यालयलाई आग्रह गरेको शिक्षा अधिकृत विकल काफ्ले बताए । यस शैक्षिकसत्रको वैशाख २ गतेदेखि नै सुरु भएको विद्यालयमा शिक्षक, कर्मचारी दिनभर विद्यालय खोलेर बस्ने, कार्यालय समय सकिएपछि हाजिर गरेर घर जाने कार्यमात्र भएको छ । शिक्षक कर्मचारीलाई पनि विद्यार्थी नहुँदा दिनभर त्यत्तिकै खाली समय बिताउन कठिनाइ परेको शिक्षक शर्मिला रेग्मीले बताईन।

रामपुर नगरपालिकाको माथिल्लो भेग भएकाले यहाँ विशेषगरी जनजाति, दलित समुदायका बालबालिकाको बर्चस्व रहन्थ्यो । सहरबजार आसपास क्षेत्रमा बसाइँसराइ जाने कार्यले गाउँका विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या अति न्यून छन् । चारैतिर घेराबार गरिएको करिब चार रोपनी क्षेत्रफलमा तीन भवनमा ११ वटा कक्षाकोठा रहेका छन् । भौतिक पूर्वाधार राम्रो रहेता पनि विद्यार्थी सङ्ख्या नै नभएपछि विद्यालय समायोजन गरिनुपर्ने स्थितिमा पुगेको छ ।

विसं २०२१ माघ १९ गते स्थापना भई पठनपाठन हुँदै आएको यस विद्यालय अहिले विद्यार्थी कोही पनि नभएपछि शिक्षणकार्य बन्द छ । गाउँमा जनघनत्व बाक्लै हुदा धेरैलाई शिक्षा दिएको विद्यालय आज जनघनत्व कम हुँदै गर्दा विद्यालय बन्द हुने स्थिति आएको छ । यहाँको जनविकास प्राथमिक विद्यालयजस्तै अन्य ठाउँमा पनि गाउँमा रहेका सामुदायिक विद्यालय बन्द हुने अवस्थामा छन् ।

Previous Post

२३० परिवारलाई ४६ वर्षपछि जग्गाधनी पुर्जा !

Next Post

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरी विद्यालय बन्द

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरी विद्यालय बन्द

इमरान खान पक्राउपछि पाकिस्तानमा भड्कियो हिंसा, देशैभरी विद्यालय बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In