प्रेमीः तिम्रो घरको साह्रै आउन मन लाग्छ प्रिय तर कहाँबाट आउने ? म झ्यालबाट आऊ भने खसेर सुकुटे ज्यान भाचिन्छ भन्ने डर, ढोकाबाट आऊ भने तिम्रो बूढो बाबा लाठी लिएर ढोकामा बसिराखेको देख्छु सधै !
प्रेमिकाले घाटी तन्काउदै भनिछन्—
प्रेमिकाः झ्यालबाट आए पनि आऊ प्रिय, ढोकाबाट आए पनि आऊ, खाने मुखलाई जुँगाले कहिल्यै छेक्दैन । लाठी लिएर ढोकामा बसे पनि मेरो बूढा बाबाले आँखै देख्दैनन् ।
श्रीमान्को विश्वास
एक जना अधबैंसे आईमाई आफ्नो श्रीमानलाई लिएर डाक्टर कहाँ जचाउन गइछन् । डाक्टरले उनलाई जचाउन भित्री कोठामा बोलाएपछि—
महिलाः डाक्ट साहेब बाहिर बसेकी नर्सलाई पनि भित्र बोलाउनुस् न ।
डाक्टरः किन र, तपाईंलाई ममाथि विश्वास लागेन हो ?
महिलाः त्यसो होइन, तपाईंमाथि मेरो पूरा विश्वास छ तर बाहिर बसेका मेरो श्रीमान्को भने पटक्कै विश्वास छैन क्या ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












