काठमाडौं – लिचीको सिजन शुरु भएको छ । यो रसिलो र स्वादिलो फल हो तर खाली पेटमा भने लिची खानु हुँदैन । खाली पेटमा लिची खाँदा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु समेत हुनसक्ने हुन्छ ।
लिचिमा प्राकृतिक रुपले हाइपोग्लिसीन–ए र मिथाईलेन्साइक्लोप्रोपाइलिगसीन नामको विषाक्त तत्व हुन्छ हाइपोग्लिसिन नामक एक प्रकारको बिष हुन्छ । यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यही नै मृत्युको कारण बन्न सक्छ ।
लिचीको अनियमित र अनियन्त्रित ढङ्गले सेवन गर्दा हानिकारक हुने भए पनि यदि दिनमा केही मात्रामा र त्यो पनि खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ । दिनमा १० देखि १२ दाना भन्दा बढी लिचीको सेवन गर्नु हुँदैन ।
लिची खाँदाका फाइदा
– लिची हड्डीको लागि फाइदाजनक हुन्छ ।
– बच्चाको शारीरिक विकासमा सहयोग पु¥याउँछ ।
– लिचीको नियमित सेवनले शरीरमा क्यान्सरका कोशिकालाई बढ्न दिँदैन ।
– लिचीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ ।
– यसले दमका रोगीलाई फाइदा पु¥याउँछ ।













