काठमाडौँ— दुर्लभ कृष्णसार संरक्षण गर्न अमेरिकी सहयोग नियोग यूएसएडले सहयोग गर्ने भएको छ ।
कृष्णसार नेपाल र भारतमा मात्र पाइन्छ । हाल नेपाल र भारतमा कृष्णसारको संख्या ५० हजार रहेको छ । यी मध्ये नेपालमा ३२८ मात्र रहेका छन् ।

अमेरिकी राजदूत थम्पसन र यूएसएडका निर्देशक निर्देशक, सेपिडे केभन्शाडले, युएसएआईडी नेपालद्वारा कृष्णसार संरक्षणमा सहयोग पुर्याउन जैविक विविधता गतिविधिहरू अवलोकन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।













