तपाईंले कतै ढुङ्गाले चुरोट खाएको देख्नुभएको छ ? चुरोट त मान्छेले पो खान्छ नि ! तर चीनमा भने एउटा यस्तो अचम्मको ढुङ्गा भेटियो, जसले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ । चिनिया नागरिक लोउ युआनसुइको घरमा रहेको एउटा ढुङ्गाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ ।
मान्छेभन्दा पनि कडा अम्मली सो ढुङ्गो २ किलोभन्दा केही बढी तौलको छ । दक्षिणपूर्वी फुजियान प्रान्तको लोंग्यानका बासिन्दा लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुङ्गाको एउटा मुखजस्तो प्वाल छ, जसमा चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किन्छ ।
अझ अचम्म त के भने चुरोट सल्किएपछि धुवाँ बाहिर आएको देखिँदैन, ५ मिनेट भित्रमा चुरोट सिद्धिन्छ । लोउले चुरोट पिउने यस्तो अचम्मको ढुङ्गा सांगिउ पहाडमा फेला पारेर घरमा ल्याएका थिए । ढुङ्गाको रङ खैरो छ ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट













