आफ्नो निकटमा एक समृद्ध आनन्दपूर्ण दिन हुनु जसमा केही बाध्यता छैन, केही भय छैन, कुनै किसिमको तुलना र द्वन्द्व छैन— केवल म छु भन्ने चेतनाको सजग अनुभविता रहोस् यसको अर्थ हो जीवनमुक्ति ।
महवपूर्ण तथ्य जो जीवनमा चाहिन्छन् ती हुन् सही प्रकारको व्यायाम, राम्रो गहिरो निंद, सुपाच्य पौष्टिक मितहित भोजन तथा व्यर्थ दिवास्वप्न, मनोरथ मशिनी पद्धतिबाट मुक्त सार्थक दिन, यही हो सम्यक् जीवनदर्शन ।
प्रयास गर्नु नै बन्नु हो, बन्नुको सदा अर्थ हो आकाङ्क्षा र ऊसित सम्बन्धित कुण्ठाहरू ।
आपूmलाई समस्त भावात्मक तथा मनोवैज्ञानिक आघातबाट मुक्त राख्नु ठूलो उपलब्धि हो ।
भयबाट समग्र मुक्ति प्रज्ञा हो ।
इच्छा, आशा र आसक्तिमा भय छ ।
चञ्चलता, लोभ र मोहको त्यागद्वारा भयमुक्त मन प्रकट हुन्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













