• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेट अभावले पर्वतका ७६ खानेपानी योजना अधुरै

by
१८ बैशाख २०८०,
0
२३ वर्षपछि बस्तीमा धारा वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका छ दर्जनभन्दा बढी खानेपानी योजना अधुरै छन् । एक घर एक धारा पु¥याउने लक्ष्यसहित विसं २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौँ लागतका ती आयोजना दशकौँ बितिसक्दा पनि बजेट अभावमा अलपत्र बनेका हुन् ।

जिल्लाका सातवटै पालिकामा रहेका ती योजनालाई पूर्णता दिन तीनै तहका सरकारले पर्याप्त बजेट विनियोजन नगरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । उक्त कार्यालयका इञ्जिनियर शिवशङ्कर शाहका अनुसार हाल जिल्लाभर रु तीन करोडदेखि रु २० करोड लागत अनुमानका ७६ खानेपानी आयोजना छन् । ती सबै आयोजना सम्पन्न गर्न चालु वर्षको दररेटअनुसार करिब रु तीन अर्ब बजेट आवश्यक पर्दछ ।

मन्त्रालयबाट आउने बजेट बर्सेनि पाँच प्रतिशतभन्दा बढ्न सकेको छैन । सबै आयोजना आर्थिक वर्ष २०७५र७६ मा सम्पन्न हुनुपर्ने हो । ती आयोजनाको लागत अनुमानअनुसार काम हुन बर्सेनि कम्तीमा रु ५० करोड बजेट आवश्यकपर्नेमा चालु वर्ष झण्डै रु १३ करोड मात्रै आएको उनले बताए । “यो वर्ष आवश्यक बजेटको पाँच प्रतिशत पनि बजेट छैन”, इञ्जिनियर शाहले भने , “हामीले सबै काम द्रुतगतिमा गर्छौं भनेर भएन । सबै आयोजना पाइपलाइनमै छन् । बजेटै नभएपछि काम अघि बढाउन नसक्दा थुप्रै आयोजना सम्पन्न नहुँदै भग्नावशेषमा परिणत भएका छन् । बजेट अभावका कारण फिल्डमा खटिने कर्मचारीलाई दैनिक भत्ता दिनसमेत सकिएको छैन ।”

सञ्चालित अधिकांश आयोजना उपभोक्ताको सहलगानीमा सञ्चालित छन् । प्रत्येक आयोजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद जम्मा गर्नुपर्छ । सञ्चालित अधिकांश आयोजनाका उपभोक्ता समितिले आफ्नो जिम्मेवारीको काम सके पनि बजेट अभावकै कारण कार्यालयले काम अघि बढाउन नसकेको हो । घरघरै पानी पाउने आशामा श्रमदान र मर्मतसम्भार कोष जम्मा गरेका वाहाकी शालिग्राम खानेपानी आयोजनाका उपभोक्ता पानीको आसैआसमा पुस्ता बित्न लागेको भन्दै निराश बनेका छन् ।

दुई वर्षमा सक्नेगरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शङ्करपोखरी खानेपानी आयोजनाको लागत अनुमान रु १८ करोडको थियो । उक्त आयोजनाका लागि बर्सेनि रु १८ देखि २० लाखका दरले मात्रै बजेट प्राप्त भए पनि अहिलेसम्म सम्पन्न हुन नसकेको स्थानीयवासी कमल भुसालले बताए ।

तीन वर्षमा सक्नेगरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण बनेको छ । वाहाकी र शालिग्रामका दुई सय ५० घरधुरीलाई एक वर्षमा घरघरै धारा पु-याउने लक्ष्यसहित सुरु गरिएको आयोजना अपुरो बनेको हो । यो आयोजनालाई चालु वर्ष रु १० लाखमात्रै बजेट रहेको कार्यालयले जनाएको छ । विसं २०६४ मा सुरु भएको मोदी गाउँपालिका–६ को चित्रे–तिलाहार खानेपानी आयोजना पनि निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको उपभोक्ताको गुनासो थियो ।

उक्त आयोजनाका लागि चालु वर्षमा रु १८ लाख मात्रै बजेट विनियोजन भएको छ । विसं २०७१ मा रु आठ करोड लागत अनुमान गरी सुरु गरिएको लुङ्खु खानेपानी आयोजना बजेट अभावकै कारण अलपत्र बनेको स्थानीय जीवन उच्चै ठकुरीले बताए ।

दक्षिण पर्वतको पैँयु गाउँपालिकाको केन्द्र हुवासमा सुरु गरिएको हुवास छहरा खानेपानी आयोजनाको हालत पनि उस्तै छ । झण्डै आठ हजार स्थानीयवासीलाई घरघरै धारा पु¥याउने लक्ष्यसहित सुरु गरिएको उक्त आयोजना डेढ दशक बितिसक्दा पनि पूरा हुन नसकेकाले स्थानीयवासी आक्रोशित भएका छन् । एक घर एक धारा पु¥याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १५ वर्षअघिदेखिका योजनासमेत पूरा हुन नसकेको इञ्जिनियर शाहले बताए ।

Previous Post

सबैलाई न्याय हुने पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड

Next Post

श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो

श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In